कञ्चनपुरमा बेपत्ता भएको १५ दिन पछि सडेगलेको अवस्थामा लाश भेटियो

4

कन्चनपुर – कन्चनपुरमा १५ दिन पछि सडेगलेको अवस्थामा फेला परेका छन् । मंसिर १ गते देखि बेपत्ता वेदकोट नगरपालिका १० का ३० वर्षीय सुरेश चौधरीको शव वेदकोट–५ को चुरे वन क्षेत्रमा षडेको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरका अनुसार उनी मंसिर १ गते भाईटिकाको दिन बहिनीको हातबाट तिहारको टीका थापेपछि घरबाट हिडेका थिए ।

बाख्रा चराउने क्रममा स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाको बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जनाकारी दिए ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg