सेतीमा उपचाररत धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु, जलाएर गरियो शव व्यवस्थापन

0

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कैलालीको धनगढी उप – महानगरपालिका – ७ बस्ने ७४ बर्षिय महिलाको कोरोना संक्रमणबाट मुत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएर मंसिर ५ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी ति महिलाको फोक्सो र किट्नीमा समस्या देखिएको थियो । उनको मंसिर ७ गते कोरोना परिक्षण गराउँदा संक्रमण पुष्टि भएको र सोहि दिनदेखि आईसियुमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । संक्रमित महिलाको सोमबार राति मृत्यु भएको हो ।

हिन्दु संस्कार अनुसार शव व्यवस्थापन

कोरोनाबाट मृत्यु भएकी धनगढीकी ७४ बर्षिय महिलाको हिन्दु संस्कार अनुसार शवको व्यवस्थापन गरिएको छ । उनको शव तेघरी स्थित भवानी दल गणबाट सह–सेनानि नवल सिह रोकायाको कमान्डमा खटिएको टोलिले शवको व्यवस्थापन गरेको हो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg