सामान्य झगडामा धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

5

रौतहट, २०७७ मङ्सिर १६ गते

वृन्दावन नगरपालिका-३ रामटोल बस्ने १८ वर्षीय नन्द किशोर रामको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय रवि रामलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

सामान्य झगडामा रविले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाईते भएका नन्द किशोरको एपोलो अस्पताल चपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी विश्रामपुरबाट खटीएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg