स्कूल बसको ठक्करले एकको मृत्यु दुई गम्भीर घाइते

3

पहिलोसन्देश, मंसिर १६, रुपन्देही ।

जिल्ला नवलपरासी (पूर्व) मा बसले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यु र दुई जना गम्भीर घाइते भएका छन् ।

मध्यबिन्दु नगरपालिका-९ स्थित भित्री सडकखण्डमा थुम्कीदेवी बोर्डिङ स्कूलका विद्यार्थी ओसार्ने ग १ क २४८३ नम्बरको बसले लु२०प २४३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि भएको दुर्घटनामा सन्त बहादुर कुमालको मृत्यु भएको हो ।

मोटससाइकलमा सवार ३५ वर्षीय मनु विक र २६ वर्षीय तुल बहादुर खाम्चा मगरको अवस्था गम्भीर रहेको बताइएको छ । निज घाइतेहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ भने बस चालक फरार रहेकाले उनको खोजतलाश जारी छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg