अमेरिकामा कोरोनाबाट हालसम्मकै धेरैको मृत्यु

5

ठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण हालसम्म विश्वमा १४ लाख ९९ हजार २१८ जनाको मृत्यु भएको छ भने ६ करोड ४८ लाख ३८ हजार ८९६ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ४ करोड ४९ लाख ३६ हजार ९०५ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा १ लाख ६ हजार ६९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा बुधवार ६ लाख ३४ हजार ९७० जनालाई संक्रमण भएको छ भने १२ हजार ३७६ जनाको मृत्यु भएको छ ।

यो संख्या विश्वमा एकैदिन मृत्यु हुनेहरुमा सबैभन्दा धेरै हो । यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण हालसम्म २ लाख ७९ हजार ८६५ जनाको मृत्यु भएको छ भने १ करोड ४३ लाख १३ हजार ९४१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ८४ लाख ६२ हजार ३४७ जना संक्रमण मुक्त भएका छन् भने ५५ लाख ७१ हजार ७२९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै २६ हजार १८७ जनाको स्वास्थ्इ अवस्था गम्भीर रहेको छ । अमेरिकाको टेक्सासमा हालसम्म १२ लाख ९९ हजार ९१५ जनालाई संक्रमण भएको छ भने २२ हजार ५०५ जनाको मृत्यु भएको छ ।

त्यस्तै क्यालिफोर्नियामा १२ लाख ६९ हजार ३८९ जना संक्रमित भएका छन् भने १९ हजार ४४३ जनाको मृत्यु भएको छ । त्यस्तै फ्लोरिडामा हालसम्म १० लाख १८ हजार १६० जनालाई संक्रमण भएको छ भने १८ हजार ७७६ जनाको मृत्यु भएको छ ।

अमेरिकामा बुधवार मात्रै २ लाख ३ हजार ४२७ जनालाई संक्रमण भएको छ भने २ हजार ८३१ जनाको मृत्यु भएको छ । अमेरिकामा एकैदिन मृत्यु हुनेको यो सबैभन्दा धेरै संख्या हो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg