विवेकशीलका दुई पदाधिकारीसहित १३ संघीय समिति सदस्य एकता प्रक्रियामा सहभागी नहुने

7

काठमाडौँ । विवेकशील नेपाली दलकी उपाध्यक्ष अजीता राईसहितका सदस्यहरुले साझा पार्टीसँगको एकता प्रक्रियामा सहभागी नहुने बताएका छन् । एक विज्ञप्ति जारी गर्दै उपाध्यक्ष राईसहित १३ संघीय समिति सदस्यहरुले एकता प्रक्रियामा सहभागी नहुने बताएका छन् ।

दुई पदाधिकारी सहित १३ सदस्यले अहिले एकीकरणको लागि सही समय नभएको भन्दै विवेकशील र साझाबीच भएका राजनीतिक मतभिन्नताका विषयहरूलाई नटुङ्याइकन एकीकरण गर्न उचित हुन्न भन्ने बारेमा नेतृत्व तथा आम सदस्यहरूसँग छलफल गरेपनि त्यसको सकारात्मक नतिजा नआएको बताएका छन् ।

उनीहरुले देशमा भइरहेको गलत राजनीतिको विरुद्ध सही राजनीतिको अनिवार्यता नकार्न सकिँदैन भन्दै वैकल्पिक राजनीतिको पनि नयाँ परिभाषा सहित नयाँ एजेण्डा कार्ययोजना र रणनीति आवश्यक रहेको बताएका छन् ।

साथै उनीहरुले पार्टी दर्ताको सम्बन्धमा विचार मिल्ने विवेकशील नेपाली दलका शुभेच्छुकहरूसँगको छलफलपछि छिट्टै अगाडि बढ्ने बताएका छन् ।

एकीकरण प्रक्रियामा सहभागी नहुनेमा अजीता राई – उपाध्यक्ष, संगीता बाटाजु – सचिव (कार्यालय व्यवस्थापन), कर्मा लामा तामाङ  – संघीय समिति सदस्य, छिरिंग तामाङ – संघीय समिति सदस्य, विजय बाबु शिवाकोटी – संघीय समिति सदस्य, जेसन बैद्य – संघीय समिति सदस्य, शिशिर राई – संघीय समिति सदस्य,

जमाल अली – संघीय समिति सदस्य, आशीष राई – संघीय समिति सदस्य, ज्ञानेन्द्र निरौला – संघीय समिति सदस्य, साधना थुलुङ्ग राई – संघीय समिति सदस्य, शशिविक्रम कार्की – संघीय समिति सदस्य र आलोक सुवेदी – संघीय समिति सदस्य रहेका छन् ।

यसअघि विवेकशील नेपाली दल, प्रवासको अन्तर्राष्ट्रिय संयोजकसहित १४ देशका सदस्यहरुले पनि एकता प्रक्रियामा सहभागी नहुने बताएका थिए ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg