उपमेयरलाई गाडीभित्रै जलाउने प्रयास

9

झापामा अज्ञात समूहद्वारा एक स्थानीय तहकी उपमेयरलाई गाडीभित्रै जलाउने प्रयास गरिएको छ । झापाको मेचीनगर नगरपालिकाकी उप–मेयर मीना उप्रेती सवार गाडी जलाउने प्रयास गरिएको हो ।

उनी चढेको मे १ झ १७२ नम्बरको गाडी झापाको मेचीनगर १३ को चारआलीचोकबाट ४र५ सय मिटर पूर्व जलाउने प्रयास गरेको झापाका प्रहरी प्रवक्ता राकेश थापाले बताए ।

‘उहाँसँगको कुरा सुन्दा जलाउने प्रयास गर्नेले, आज हाम्रो विरोध छ, तपाई ओर्लिनुहोस् गाडी जलाउँछौं भनेर भनेको कुरा उपमेयरज्युले भन्नुभएको छ,’ उपमेयरको भनाई उद्दृत गर्दै डिएसपी राकेश थापाले  भने, ‘उहाँले भनेको हुलिया अनुसार हामीले खोजी गरिरहेका छौं ।’

यता उपमेयर उप्रेतीले आफू आयल निगमको कार्यक्रमबाट फर्किने क्रममा अज्ञात व्यक्तिले गाडी रोकेर जलाउने प्रयास गरेको बताइन् । गाडीबाट ओर्लिन नमानेपछि पेट्रोलको पोका नै गाडीतर्फ हुत्याएको बताइन् ।

‘बाटोमा एक्काली पाँच/छ जनाको समूहमा अपरिचित व्यक्ति आएका थिए, गाडी रोकेर आर्लिन भने,’  उप्रेतीले भनिन्, ‘आज हाम्रो विरोध छ, सरकारी गाडी जलाउने कार्यक्रम छ, आर्लिनुहोस् भने म ओर्लिन नमानेपछि गाडीतर्फ पेट्रोल नै हुत्याए ।’

गाडीसहित जलाउने प्रयास गरे पनि आफूले चालकलाई गाडी अगाडि बढाउन भनेको र त्यहाँबाट निस्केको उपमेयर उप्रेतीले जानकारी दिइन् ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg