उनीतिर फर्किजाने अब सम्भावना रहेन (गीत)

22

उनीतिर फर्किजाने अब सम्भावना रहेन

उनीलाई मन परेछ अरु मान्छे सकियो सबै बाँकी कुनै सपना रहेन
स्वार्थ उनको थाहा पाएदेखि उनीतिर फर्किजाने अब सम्भावना रहेन

जो जहिले मन पर्न थाल्छ उसैलाई तन मन सुम्पि दिने
खुशी छु म त धेरै आज बेलैमा उनको स्वार्थी रुप चिनें
उनीलाई देख्न मन आत्तिन्थ्यो कति माया गर्थें तर त्यो चाहना रहेन

यादैयादमा छुंदा उनी साथ हुँदा फैलिन्थ्यो उनकै सुगन्ध
यो के भयो उनको अस्तित्व लाग्न थाल्यो आफैमा दुर्गन्ध
उनीलाई खोज्थ्यो चाहतले मेरो अब देख्ने भेट्ने मसँग बहाना रहेन

कति रमेको देखें हांस्दै घुमेको देखें अरुसँगै मैले उनीलाई
चौध असोजदेखि सुरु भयो दुश्मनी हाम्रो जुनी जुनीलाई
उडाइ लग्यो धोखाको हुरीले उनकै नाम लेखी राखेको पाना रहेन

तनमन सुम्पिदिएपछि एउटैको हुन्छ जीवनभरीलाई
आजभोलि साथी फेरिन्छन् हिजो आफ्नो आज पराई
झूट र देखावाकै छ रजाइँ अब पहिला जस्तो सत्य जमाना रहेन

शब्द भाव: राजु विके

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg