राहु ग्रह होइन राजा थिए

172

विहारमा पासवान समुदायले मनाउँने एक पर्व त्यो हो ब्रहा (राहु) पूजा ! यो पूजामा दुई बाँस गाडिन्छ र बीचमा एक तलवार बाँधिन्छ । भक्त त्यो तलवारमा चढेर केही मन्त्र उच्चारण गर्छ र बाँसमा चढ्छ ।
पूजा गरिसके पछि त्यहाँ सुँगुर काटिन्छ र सबै भक्तजनहरुले प्रसादको रूपमा खान्छन् ।

यसको पछाडिको कारण के रैछ त !

विहारको गया जिल्ला र नेपालको मोरङ जिल्लामा पहिले राजा बलि थिए । त्यति बेला जथ्था चल्थ्यो राजा बलि जथ्येधार थिए । त्यसपछि राजा जरसँदले राज्य गरेको मानिन्छ । उहाँको कार्यकाल पछि राजा राहुले राज्य गरेको मानिन्छ ।

राजा राहुको पालामा नेपालको तराईतिर आर्यहरुले प्रवेश गरेका थिए । राजा राहु खोला पारी थिए भने खोलावारी गयासुर दानासुर र बानासुर थिए । गयासुर र बानासुर दाजूभाइ थिए । दानासुर उनकै नातेदार थिए ।

गयासुर मानपुर बोधगया फतेफुरका राजा थिए भने बानासुर मगधपुरका राजा थिए र दानसुर गुर्मापहाडका राजा थिए ।
आर्यहरु खोला पारी अहिलेको बिहारतिर प्रवेश गरेको सुराक पाए पछि राजा राहु गयासुरसँग सल्लाह गर्छन् र आर्यहरुको विरुद्ध आक्रमणमा उत्रिन्छन् र राजा राहु आफ्नो भाइ केतुको सहयोग लिएर आर्यहरुको बिष्णुको हत्या गर्छन्। ।

त्यति बेला ब्रह्मा, विष्णु , इन्द्र, नारद कोई भगवान थिएनन् । उनीहरु मानिस थिए र त्यो उनीहरुको पद थियो जस्तै अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष । यो क्रम लगभग १००० वर्षसम्म चलेको मानिन्छ ।

आर्यहरु विष्णुलाई अजय मान्थे ! धेरै बलियो कसैले जित्न नसक्ने ।
विष्णुको हत्यापछि आर्यहरु डराएर दनुवा भनुवा भन्ने एक जंगल थियो त्यहाँ पस्छन् । त्यहाँ एकदुई साल बस्छन् र आफ्नो शक्ति संगठित गर्छन् । फेरि केही समय पछि आर्यहरु पूर्ण रूपमा तयार भएर आउँछन् र राजा गयासुर माथि विजय प्राप्त गर्छन् ।

बदला स्वरूप उनीहरु राजा राहुको खोजी गर्दै थिए जसले आर्यको विष्णुलाई मारेको थियो ।
फेरि खोज्दै जाँदा नदी पार गर्छन् । त्यो नदी ३ ठाउँबाट हाथिदा, बासंघट र घोरघट हुँदै राजा राहुको राज्यमा प्रवेश गरेको मानिन्छ । उता राजा राहुले त्यो कुराको सुराकी पाउँछन् र आफ्नो ज्यान जोगाउन बाँसको जंगलमा पस्छन् । जंगलमा राजा राहुलाई उनकी सात छोरीले धेरै सहयोग गरेका हुन्छन् । राजा राहुलाई लड्नको लागि चाहिने हातहतियार लिएर आउने, खाना पानी लिएर आउने अनि आवश्यक संसाधनहरु दिने ती सात बहिनीको नाम आश, उल्लास, बतास, असी, सती, बसी र नदी थियो ।

आर्यहरुले राजा राहु जंगल पसेको कुरा थाहा पाए पछि बाँसको जंगलमा नै आगो लगाई दिन्छन् ।
आगो लागेको देखेर राजा राहु आफ्ना सैनिकलाई आज्ञा दिन्छन् । उनी सैनिकलाई भन्छन् ‘‘अब बाँसमा चढेर भाग ।’’
आर्यहरुको जमात ठूलो थियो त्यसैले अन्तिममा राहुलाई खोजेर राहुको हत्या गरी विष्णुको बदला लिन्छन् ।

त्यसै कुरालाई दर्शाउन या जीवित राख्नका लागि बिहारका पासवान समुदायले राहुको पूजा गर्छन् । यसले सो इतिहासलाई जीवित राखेको छ ।

एउटा चुनौती स्वरूप त्यहाँको पासवान समुदायले विष्णुको अवतार सुँगुरलाई काटेर खान्छन् ।

राजा राहुलाई मारे पछि आर्यहरुमा एक ठूलो परिवर्तन आयो त्यो के भने ब्रह्म, विष्णु, इन्द्र र नारदको जुन चुनाव हुन्थ्यो त्यो अब बन्द भैसके को थियो । आर्यहरुको अन्तिम विष्णुको हत्या पछि यो सिस्टम नै सकियो । त्यसपछि आर्यहरु पहिलेको जस्तो मौलाउन पाउँदैनन् किन कि बुद्ध तथागत विचार समाजमा आइसकेको थियो । बुद्ध दर्शनको असर समाजमा परिसकेको थियो । सबैले बुझि सकेका थिए कि अब अन्धविश्वासमा रुमलिनु हुँदैन वास्तविक कुरालाई मान्नु पर्छ भनेर ।

त्यसपछि आर्यको एकजना अनुयायी शंकराचार्य केरलबाट गया गएर धेरै रुन्छन्, बिलौना गर्छन्, कराउँछन् उहाँको अन्तिम विष्णु मारियो भनेर । उसले पनि एक बदलाको भावना राख्छ अनि सोच्न थाल्छ राहु त मरीहाल्यो अब बदला कसरी लिन ? उसले विष्णुको यादमा पिण्डी (मन्दिर) बनाउँछ । गएमा संकराचार्यले बनाएको एक मात्र विष्णु मन्दिर अहिलेसम्म पनि छ ।

ती शंकराचार्य त्यहाँबाट परमहंसलाई भेट्न बनारस जान्छन् र एक मण्डली गठन गर्छन् । त्यो मण्डलीका प्रमुख परमहंसलाई बनाएर राजा राहुको बिरुद्धमा लेख्ने आदेश दिन्छन् ।

८२० ईस्वीमा एक पुस्तक लेखियो श्रीमद् भागवत पुराण । यद्यपि धेरै विद्वानहरुको भागवत पुराण १०औं शताब्दीमा लेखिएको हो भन्ने अनुमान छ । त्यसको पहिलो अध्यायमै लेखिएको छ राहु एक खतरनाक ग्रह हो, सूर्य भन्दा पनि भयानक छ, धेरै गतिशील छ, यदि चन्द्रको अगाडि गयो भने चन्द्र ग्रहण लाग्छ सूयको अगाडि गयो भने सूर्य ग्रहण लाग्छ ।

यसरी विष्णुको हत्याको बदलामा राजा राहु र केतुलाई ग्रह बनाइयो ।
आजसम्म पनि संसारमा ९ वटा ग्रह छन् । तर हिन्दू धर्म ग्रन्थमा राहु र केतुको अनिष्टकारी ग्रहको रुपमा अझै पनि उल्लेख भएको भेटिन्छ ।

राजा राहु थिए आज भन्दा तीन हजार वर्ष पहिले र वुद्ध भन्दा ३५० वर्ष पहिले । यो कुरा इतिहासबाट प्रष्ट हुन्छ ।

यो इतिहासबाट भन्न खोजेको ब्रह्मा विष्णु नारद इन्द्र कुनै देउता होइनन् उनीहरु हामी जस्तै मानव थिए । त्यो त उनीहरुको पद थियो ।

फेरि सबै धर्म ग्रन्थमा किन देउता भनेर उल्लेख छ ? इतिहास झुटो की हाम्रोे धर्म ग्रंथ झूटो ?
कुनै कुरालाई पनि बाउबाजेको पालादेखि चलेको भनेर नमानौं ।

आफ्नो विवेकको उपयोग गरौं सही छ भने अनुशरण गरौं आफ्नो जीवनमा उतारौं ।
गलत छ भने त्यसलाई परिवर्तन र परिमार्जन गरौं । अन्धविश्वास कुरीति, कुसंस्कार रुढिवादको अन्त्य गरौं ।
वैज्ञानिक समाजको विकास गरौं !!

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg