बुटवलमा एक किशोरले गरे झुण्डिएर आत्महत्या

364

पहिलोसन्देश, रुपन्देही, पुस १७ ।

बुटवल उप–महानगरपालिका वडा नं. ११ बुद्धनगरमा एक किशोरले आत्महत्या गरेका छन् ।

हिजो दिनभरी काममा खटिएर राति समेत खाना खाएपछि काम गरेर सुतेका १८ वर्षीय श्री प्रसाद सुनार आफु सुत्ने कोठामा पुस १६ गते बिहान मृत अवस्थामा भेटिएका हुन् ।

मृतक गण्डकी प्रदेशको स्याङ्गजा जिल्ला अन्तर्गत कालीगण्डकी गाउँपालिका–३ बिर्घाकट्टीमा स्थायी घर भइ कालीगढको रुपमा हाल बिगत ३ वर्षदेखि बुटवल बसेर सुनचाँदीको गहना बनाउने काम गर्दै आएको बताइएको छ ।

मृतक पंखाको कुन्डीमा प्लास्टिकको डोरीले पासो लगाइ झुण्डिएको अवस्थामा फेला परेका थिए ।

के कारणले आत्महत्या गरेको भन्ने कुरा अझै थाहा नभएकाले सो घटना अनुसन्धानमा रहेको जानकारी प्राप्त भएको छ । प्रहरीले लाश नियन्त्रणमा लिइ लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमार्टम गर्न लगेको छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg