हङकङमा अर्को महिनादेखि कोरोना खोप, पहिलो चरणमा ५ लाखलाई लगाइने

2

हङकङमा अर्को महिनादेखि कोरोनाविरुद्धको खोप अभियान संचालन हुने भएको छ।

हङकङका प्रविधिमन्त्री अल्फ्रेड सिट विङ–हाङका अनुसार आगामी फेब्रुअरी महिनादेखि खोप प्रदान गर्न थालिनेछ।

पहिलो चरणमा ५ लाख मानिसलाई खोप लगाइने योजना रहेको उनको भनाइ छ।

एससीएमपीका अनुसार सुरुवातमा हङकङका वृद्धवृद्धा, स्वस्थ्यकर्मीलाई खोपहरु लगाइनेछ। हाललाई सिनोभ्याक र एस्ट्राजेनिकाको खोप लगाइने योजना भएको पनि बताइएको छ।

यस्तै फाइजर–बायोएनटेकको खोपलाई पनि पछि प्रयोगमा ल्याइनेछ।

यसैबीच हङकङमा कोरोना संक्रमितको कुल संख्या ८ हजार ९२३ पुगेको छ।

शनिबार ३५ नयाँ संक्रमित थपिँदा हङकङमा एक ८८ वर्षका वृद्धको कोरोनाको कारण मृत्यु भएको छ।हङकङमा हालसम्म १५० को कोरोनाले ज्यान लिँदा ७ हजारभन्दा बढी कोरोनामुक्त भएका छन्।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg