सोधखोज प्रा.ली.को गण्डकी प्रदेश प्रमुखमा उद्यमी कुमार बराल

76

पोखरा, पुस २१ । “अब बन्छ डिजिटल राष्ट्र “ मूल नारा सहित २ बर्ष अगाडि स्थापना गरिएको सोधखोज प्रा.ली. ले आफ्नो सेवा बिस्तार पोखरामा केही समयदेखि गर्दै आएको थियोे। यसै बीचमा गण्डकी प्रदेश भर आफ्नो सेवा प्रवाह गर्नेगरि गण्डकी प्रदेश प्रमुखमा कुमार प्रसाद बराललाई चयन गरेको छ ।

उहाँ पोखरा हर्वल, एच एण्ड के कलेक्सनका सञ्चालक तथा पानी पधेरो ट्रेड प्रा. ली. का परिकल्पनाकार मध्येका एक सफल उद्यमी तथा समाजसेवी हुनुहुन्छ । आफु सफल ब्यवसायी हुँदाहुँदै पनि नेपालमा ब्यवसाय प्रवर्धन गर्न उपर्युक्त माध्यम नरहेको अवस्थामा सोधखोज त्यसको परिूरक बन्न सक्ने अपेक्षा सहित सोधखोजमा सहभागी भएको बताएका छन् । गण्डकी प्रदेश अब सोधखोजको माध्यमले डिजिटल प्रदेश बनाउने अभिलाषा सहित अगाडि बढ्ने र सबै संघ ,सस्थाहरुलाई न्युनतम शुल्कमा जीवनभर सेवा लिन सक्ने एउटा भरोसाको केन्द्र बनाउने गरि अगाडि बढ्ने जानकारी गराउनु भएको छ ।

एक्काइसौं शताब्दीको अन्त्यतिर आइपुग्दा पनि डिजिटल युगमा नेपाल र नेपाली सामान्य सूचनाको पहुँचबाट बाहिर रहेको र त्यसलाई पूरा गर्ने उद्देश्यले सोधखोज स्थापना गरिएको कम्पनीका अध्यक्ष हरि कृष्ण अधिकारीले बताएका छन् ।

डिजिटल युगमा सबै संघ संस्थाहरुको जानकारी अनलाइन माध्यमबाट सम्पूर्ण नागरिकसम्म पुर्याउने उदेश्य रहेको र सेवाग्राहीलाई सोधखोजको माध्यमबाट सेवा लिन सक्ने बनाउन खोजेको कम्पनीका ब्यवस्थापन प्रमुख केशवराज खनालले बताएका छन् ।

डिजिटल युगको सुरुवातसँगै नेपाल र बिश्व एउटा गाउँ जस्तो भै सकेकोले संघ संस्थाको जानकारी मोबाइल वा ईन्टरनेटको माध्यमबाट लिन सक्ने र सेवालाई सहजीकरण गर्ने काम सोधखोजले गर्ने जानकारीको साथै अहिले वेब र एप्स मार्फत दोस्रो भर्सनमा सेवा दिएको कार्यकारी निर्देशक सुवास लामिछानेले जानकारी दिएका छन्।

यसै बीच देशका ७७ जिल्लाबाट केही समयभित्र नै सेवा प्रवाह गर्ने सोधखोजको योजना रहेको कम्पनीका अध्यक्ष अधिकारीले बताए ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg