रचना र श्रीधरको हावादारी गीतमा विश्व चर्चित ईन्डियन शो सुपर डान्सर–३ का रिदेश र अकिसाको अभिनय

535

पहिलोसन्देश, रुपन्देही, पुस २२ । गायक तथा सर्जक श्रीधर अधिकारी र चर्चित गायिका रचना रिमालको आवाजमा ‘हावादारीमा’ टाइटल गीत बजारमा आएको छ । निकै मनोरञ्जनात्मक शैलीको गीतका शब्द तथा संगीत स्वयं श्रीधर अधिकारीको रहेको छ ।

गीतमा विश्व चर्चित ईन्डियन शो सुपर डान्सर–३ का टप ८ रिदेश बस्याल र टिकटक लगायतका अन्य धेरै म्युजिक भिडियोबाट चर्चा बटुल्न सफल अकेसा पोखरेलले विशेष अभिनय गरेका छन् ।

त्यसैगरी म्युजिक भिडियोबाटै चर्चा कमाउन सफल रोबिन पोखरेल, बुटवल नेक्स्ट मोडलको बिजेता सुबि लम्सालले पनि गीतमा जोडदार अभिनय प्रस्तुत गरेका छन् ।

माया प्रेममा आधारित गीत हावादारीमा विशेष सानै देखि लाएको प्रिती र धोका पाएका कुराहरुलाई जोडिएको छ । गीत श्रीधर अधिकारी युटुब च्यानल मार्फत बजारमा आएको छ । गीतको छायाँकन दुर्गा पौैडेल, सम्पादन शिव पौडेलले गरेका हुन् भने निर्देशन सृजन बरालले गरेका छन् ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg