बेलायतबाट फर्केका तीन जनामा युके भेरिएन्ट (बी ११७) कोरोना भाइरस भएको आशंका

5

काठमाडौं । बेलायतबाट फर्केका तीन जनामा युके भेरिएन्ट (बी ११७) कोरोना भाइरस भएको आशंका गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा उनीहरुको स्वाब परीक्षण गर्दा बेलायतमा आनुवंशिक गुण परिवर्तन गरेको कोरोना भाइरसको संकेत देखिएको हो ।

कोरोना पोजेटिभ देखिएका उनीहरुबाट लिइएको स्वाबको नमुना परीक्षण गर्दा एसजिन नेगेटिभ देखिएपछि बी ११७ हुन सक्ने सम्भावना बढेको हो । यसको पुष्टि गर्न सरकारले सोमबारसम्म हङकङ विशवविद्यालयको प्रयोगशालामा नमुना पुर्‍याइसक्ने योजना बनाएको छ ।

बेलायतबाट फर्केका सातजनामा कोरोना पोजेटिभ देखिएपनि तीनजनामा मात्र एसजिन नेगेटिभ देखिएको हो । कान्तिपुर

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg