बुटवलको श्री मायादेवी जनजागृति आधारभूत विद्यालयको १२ औं वार्षिकोत्सव सम्पन्न

48

राजु विके, पुस २५, रुपन्देही ।

श्री मायादेवी जनजागृति आधारभूत विद्यालयको १२औं वार्षिकोत्सव एवं अभिभावक भेला सम्पन्न भएको छ । बुटवल–११ मा संचालित विद्यालयको प्रांगणमा उक्त वार्षिकोत्व कार्यक्रम विद्यालयको १२ औं वर्षगाँठको अवसर पारेर सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नकुल शाही ठकुरीले कार्यक्रममा बोल्दै विद्यालयलाई प्रदेश सरकारले ४० लाख उपलब्ध गराएकोमा उक्त रकमबाट विद्यालय भवनसँगै शिक्षकको पनि व्यवस्था गरिने बताउनु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि डा. खिमानन्द पाण्डेले २०७० सालदेखि नियमित रुपमा छात्रवृत्ति कोषमा योगदान पुर्याउँदै आउनु भएको छ । पाण्डेले यस वर्ष पनि ५० जना विद्यार्थीहरुलाई रु. ५० हजार नगद वितरण गर्नु भयो । पाण्डेले रु. ३५०० का दरले विद्यालयका प्रधानाध्यापक लगायत विद्यालयमा अध्यापनरत ३ जना शिक्षकलाई रु. १०५०० प्रदान गरेर विद्यालयप्रति समर्पित भइ शैक्षिक उन्नयनमा योगदान पुर्याए बापत सम्मान गर्नु भयो भने विद्यार्थीहरुको हितमा सदोपयोग हुनेगरि आजै पाण्डेले थप रु. २५१००० छात्रवृत्ति अक्षय कोष स्थापना गरेको विद्यालयका प्रधानाध्यापक माधव लोहनीले बताउनु भयो । प्रअ लोहनीले गत वर्ष आफ्नो १ महिनाको तलब छात्रवृत्ति कोषलाई प्रदान गर्नु भएको थियो । आज स्थापना गरिएको २ लाख ५१ हजार सहित विद्यालयको छात्रवृत्ति कोषमा जम्मा ५ लाख ८१ हजार १७ रुपैयाँ रहेको प्रअ लोहनीले जानकारी दिनुभयो ।

त्यस्तै न्यू दुर्गानगर टोल विकास संस्थाका सह–सचिव राम बहादुर सुनारले कुर्ची, स्टेशनरी, डस्टबीन लगायतका भौतिक सामग्री विद्यालयलाई हस्तान्तरण गर्नु भएको स्रोतले जानकारी दिएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश स्काउटका संयोजक दिनानाथ भट्टराईको समेत उपस्थिति रहेको थियो भने दुर्गानगर टोलका सचिव नेत्रलाल रानाले शुभकामना मन्तव्य दिनु भएको थियो । त्यसैगरि स्वागत मन्तव्य दिनकला खनाल र वार्षिक प्रतिवेदन प्रधानाध्यापक लोहनीले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम संचालन गम्भिर लाम्गादेको रहेको थियो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg