कास्कीमा ७ वर्षीया बालिकामाथि जबरजस्ती करणी

6

काठमाडौं । कास्कीमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मी कालिगण्डकी गाउँपालिका-४ घर भई पोखरा महानगरपालिका-२६ चापाचौरमा ज्याला मजदुरी काम गर्ने ५७ वर्षीय पुर्ण बहादुर थापालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घटनाको खबर प्राप्त भएपछि ‌ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले पुर्ण बहादुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg