श्री कृष्णले अर्जुनलाई दिएको दिव्य उपदेश जीवन परिवर्तनको आधार

19

श्रीमद् भगवद गीता हिन्दुहरुको पवित्र ग्रंथहरु मध्ये एक हो, महाभारतका अनुसार कुरुक्षेत्र युद्धमा श्री कृष्णले अर्जुनलाई गीताको सन्देश सुनाए। हामी पनि भगवद्गीताका केही मूल्यवान विचारहरूसँग अवगत होऔं । यी विचारहरु श्री कृष्णले अर्जुनलाई दिएको दिव्य उपदेशबाट लिइएको छ ।

  1. यदि व्यक्तिले पूर्ण विश्वास साथ इच्छित वस्तु उपर निरन्तर चिन्तन गर्छ भने उसले स्वयंलाई जे चाह्यो त्यही बनाउन सक्छ ।
  2. जन्म लिनेलाई मृत्यु वरण गर्नु त्यति नै निश्चित छ जति मृत्यु भएकाले जन्म लिनु त्यसैले जे अपरिहार्य छ त्यसको लागि शोक नगरौं ।
  3. कर्मले मलाई बाँधेर राख्न सक्दैन किन कि मैले कर्म–प्रतिफलको कुनै चाहना राख्दिन ।
  4. जसले आफ्नो मनलाई नियन्त्रणमा राख्दैन उसको मन उसँग शत्रु समान व्यवहार गर्न थाल्छ ।
  5. इन्द्रियहरू शरीरभन्दा उच्च हुन्छन् । इन्द्रियहरु भन्दा पर दिमाग र दिमाग बाहिरको बुद्धि हो भने आत्मा बुद्धि भन्दा पनि अत्यन्तै श्रेष्ठ हुन्छ ।
  6. म धर्तीको मधुर सुगन्ध हुँ । म अग्निको ताप हुँ । सबै जीवित प्राणीहरुको जीवन र सन्यासीहरुको आत्मसंयम हुँ ।
  7. आफ्ना अनिवार्य कार्यहरु गर किन भने कार्य गर्नु निष्क्रियताभन्दा राम्रो हो ।
  8. तिमी, म र यी राजा महाराजाहरु नरेहेको समय कहिल्यै थिएन । हाम्रो अस्तित्व नै समाप्त होस् भविष्यमा पनि कहिल्यै त्यस्तो समय आउने छैन ।
  9. तिम्रो के गयो र रुँदै छौ । के लिएर आएका थियौ जो तिमीले गुमायौ । तिमीले के जन्मायौ र नाश भयो ! जे पायौ यही (भगवान) बाट पायौ, जे दियौ यसैलाई (भगवानलाई) दियौ ।
  10. अधिकतम प्रयासका बावजुद ज्ञानीको मनलाई पनि चंचल इन्द्रियहरुले हरण गर्दछन् । जसको इन्द्रियहरु वशमा हुन्छ उसको बुद्धि स्थिर रहन्छ ।
  11. चरित्रका श्रेष्ठ मनुष्यले जस्तो आचरण गर्छन् अरु मानिसहरु पनि त्यस्तै आचरण गर्दछन् । श्रेष्ठ मानिसले जे प्रमाण दिन्छ त्यसैको अनुसरण जनसमुदायले गर्छ ।
  12. जसले आफ्ना सबै इच्छा परित्याग गर्छ, म र मेरो भन्ने लालसा र भावनादेखि मुक्त हुन्छ उसैले शान्ति प्राप्त गर्छ ।
  13. जसले मलाई अविरल प्रेम गर्छ, जो मसँग जोडिन्छ उसलाई मैले ज्ञान दिन्छु ।
  14. जसले निष्क्रियतामा कार्य र कार्यमा निष्क्रियता देख्छ उ नै बुद्धिमान हुन्छ ।
  15. खाली हात आयौ खाली हात नै जान्छौ । तिम्रो जे आज छ त्यो हिजो अरु कसैको थियो भोलि अर्कैको हुन्छ । तिमी यो मेरो हो भन्दै प्रसन्न भएका छौ । यही प्रसन्नता तिम्रो दुःखको कारण हो ।
  16. सबै प्राणी जन्मिनुभन्दा अघि अप्रकट अवस्थामा थिए, मृत्यु पश्चात् पुनः अप्रकट हुन्छन् । केवल जन्म र मृत्युको बीचमा देखिन्छन् भने यसमा शोक गर्नुपर्ने के कुरा छ ?
  17. प्रबुद्ध अर्थात् ज्ञानी व्यक्तिका लागि फोहोरको थुप्रो, ढुङ्गा र सुन सबै समान हुन् ।
  18. चेतन होस् वा अचेतन, त्यस्तो केही छैन जो म बिना नै अस्तित्वमा रहोस् ।
  19. न कोही अप्रिय न प्रिय, सबै प्राणी मेरो लागि समान छन् परन्तु जसले मेरो उपासना गर्छ उ मेरो समीप रहन्छ, म पनि उसको छेउमै हुन्छु ।
  20. चाहे यस कालमा होस् वा आउने काल (समय) मा, सत्कर्मीको दुःखान्त कहिल्यै हुँदैन ।
  21. व्यर्थै चिन्ता किन गर्छौं ? कोसँग डराउँछौं ? तिमीलाई कसले मार्न सक्छ र ? आत्मा न जन्मिन्छ न त मर्छ नै ।
  22. आत्मोहम् । म आत्मा हुँ । म सम्पूर्ण प्राणीको हृदयसँग बाँधिएको छु । सबै प्राणीको म नै प्रारम्भ, म नै मध्य र म नै अन्त्य हुँ ।
  23. शस्त्रले यस आत्मालाई काट्न सक्दैन । न आगोले यसलाई जलाउन सक्छ । न पानीले भिजाउन न त वायुले यसलाई सुखाउन सक्छ !
  24. जो व्यक्तिहरु आध्यात्मिक जागरुकताको शिखरसम्म पुग्छन् उनको मार्ग हो निस्वार्थ कर्म । जो भगवानसँग संयोजित हुन्छन् उनको मार्ग हो स्थिरता र शान्ति ।
  25. अप्राकृतिक कर्मले अत्यन्तै तनाव सृजना गर्दछ ।
  26. जे भयो राम्रो भयो । जे भइरहेको जो राम्रै भइरहेको छ । जे हुनेवाला छ राम्रै हुनेवाला छ । तिमीले बितेको कुरालाई लिएर पश्चाताप नगर । भविष्यको चिन्ता पनि नगर । वर्तमान त चली नै रहेको छ ।
  27. सम्मानित व्यक्तिको लागि अपमान मृत्यु भन्दा बढी हो।
  28. 1. वासना (धन, सम्पत्ति वा यौन सम्बन्धी चाहना), 2. क्रोध र  3. लालच (आवश्यकताभन्दा बढी पाउन खोज्नु) नरकको तीन ढोकाहरु हुन् ।
  29. हे अर्जुन तिमी ज्ञानी समान कुरा गर्छाै तर जो शोक गर्न योग्य छैन उसको लागि शोक गर्छाै । ज्ञानीले त मृत वा जीवित कसैको लागि शोक गर्दैन ।
  30. परिवर्तन संसारको नियम हो । जसलाई तिमी मृत्यु सम्झिन्छौ त्यही त जीवन हो ! एकै क्षणमा तिमी करोडौंको स्वामी बन्छौ, अर्काे क्षणमै तिमी कंगाल र दरिद्र हुन्छौ । मेरो–तेरो, सानो–ठुलो, आफ्नो–पराई यी भावना मनदेखि मेटाइदेउ त्यसपछि सबै तिम्रो हो तिमी सबैको ।
  31. न त म यो शरीर हुँ न यो शरीर मेरो हो । म ज्ञानस्वरुप हुँ भनेर जान्ने व्यक्तिले जीवन–मुक्ति प्राप्त गर्दछ । उसले गरेको (भूतकाल) र नगरेको (भविष्यकाल) कर्मलाई स्मरण गरेर समय व्यर्थ फाल्दैन ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg