इन्डोनेसियामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या 67 पुग्यो

16

इन्डोनेसियामा शुक्रबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या 67 पुगेको छ । समाचार संस्था रोयटर्सले दिएको खबर अनुसार भूकम्पमा परी 600 बढी घाइते भएका छन् ।

अझै दर्जनौँ व्यक्ति भग्नावशेष पुरिएको इन्डोनेसियन अधिकारीहरुले जानकारी दिएका छन् , शुक्रबार गएको 6.2 Magnitude को भूकम्पले इन्डोनेसियाको सुलावेसी टापुमा ठूलो क्षति पुगेको हो ।

इन्डोनेसियन अधिकारीहरुले रोयटर्सलाई दिएको जानकारी अनुसार करिब 300 सय भन्दा धेरै घरहरु भत्किएका छन् । दुई होटल, एक अस्पताल र क्षत्रीय गर्भनरको कार्यलय भत्किएको छ । 15 हजार भन्दा धेरै मानिसहरु घरबारविहिन भएका छन् ।

भत्किएका भवनभित्र केही व्यक्तिहरु पनि फसिरहेको उनीहरुलाई निकाल्ने प्रयास भइरहेको इन्डोनेसियन अधिकारीहरुको भनाइ छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg