मायादेवी जनजागृति आधारभूत विद्यालयलाई विभिन्न सामग्री हस्तान्तरण

68

पहिलोसन्देश, माघ १२, रुपन्देही

बुटवल स्थित मायादेवी जनजागृति आधारभूत विद्यालयलाई विभिन्न सामग्री हस्तान्तरण गरिएको छ । तिनाउ मिसन बैंक तथा लायन्स क्लब अफ बुटवलले कोभिड–१९ विरुद्ध स्वास्थ्य सुरक्षा तथा शैक्षिक वातावरण निर्माणको उद्देश्यले विद्यालय हाताभित्र आ–आफ्नो कार्यक्रम आयोजन गरि स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक माधव लोहनीले जानकारी दिनुभयो ।

सामाजिक उत्तरदायित्व अन्तरगत बैंकको प्रतिनिधित्व गर्दै किरण कुमार के.सी.ले प्र.अ. लोहनीलाई ६ वटा सिलिङ्ग पंखा हस्तान्तरण गर्नुभएको थियो ।


त्यसैगरी आजै लायन्स क्लब अफ बुटवल डाउनटाउनको प्रतिनिधित्व गर्दै क्लबका अध्यक्ष अमर पाठक र सल्लाहकार बाबुराम बन्जाडेले ले ५०० थान मास्क, फेशियल शिल्ड, शिक्षकहरुलाई सेनिटाइजर, २० लिटर फिनाइल, क्लोरिन, थर्माेगन लगायतका स्वास्थ्य सुरक्षा सामग्री विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो ।


विद्यालय, शिक्षक तथा विद्यार्थीहरुलाई उपयोगी सामग्रीहरु हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रअ,  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर गुरुङ्ग, विद्यालयका शिक्षकहरु, विद्यार्थीहरु लगायतको सामूहिक उपस्थिति रहेको थियो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg