बुटवलमा आँखा तथा दाँत सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

40

पहिलोसन्देश माघ १६, रुपन्देही
विवेकशील साझा नागरिक सहायता कक्ष लुम्बिनी प्रदेशले स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

नागरिकहरुको समस्यालाई ध्यानमा राखेर विवेकशील साझा नागरिक सहायता कक्षले भोलि शनिवार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बुटवल–२ पाखापानी स्थित श्री सिद्धबाबा दुर्गाभवानी शिवकुमारी सैजु वृद्धाश्रमको प्राङ्गणमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो । आखाँ तथा दाँत एवम् मुख सम्बन्धी निशुल्क सचेतना तथा परीक्षण हुनेहुँदा आँखा र दाँतको समस्यासँग जुझ्दै गरेका आम नेपाली नागरिकहरुले सम्पर्क राखि लाभ लिन सक्नेछन् ।

आस्था डेन्टल प्रा.लि. बुटवल (मैत्रीपथ) र के.सी. अप्टिकल तथा आँखा उपचार केन्द्र बुटवल–८ (भाटभटेनीलाईन) को प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सञ्चालन हुने विवेकशील साझा लुम्बिनीका संयोजक अनुप मान सैजुले बताउनु भयो ।

उक्त निशुल्क स्वास्थ्य शिविर सञ्चालन बारे जानकारी पाउने सबैमा आयोजकले आफ्ना चिनजान र नजिकै आँखा र दाँतको स्वास्थ्य परीक्षण सेवा लिनुपर्ने कोही भएमा निजहरुलाई खबर गरी दिनसमेत आयोजकले सार्वजनिक रुपमा सामाजिक सञ्जालको माध्यमले अनुरोध गरेको छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg