विवेकशील साझा कतारको एकता घोषणा

48

राजु विके, माघ १८, कतार । राष्ट्र र राष्ट्रियतालाई सर्वाेपरी ठान्दै कतारमा रहेको विवेकशील र साझाबीच एकता घोषणा भएको छ । केन्द्रीय स्तरमा दुई पार्टीको एकीकरणपछि माघ १६ गते कतारमा पनि एकता घोषणा भएको हो ।

एकता घोषणा कार्यक्रमले नेपालको भौगोलिक बनावटको आधार अनुसार हिमाल, पहाड र तराईका साथीहरूलाई समावेशी र उत्कृष्टताको आधारमा नेतृत्व चयन गरेको छ । गणेश कार्कीको संयोजकत्वमा २१ सदस्यीय विवेकशील साझा समिति, कतार निर्माण गरिएको छ ।

त्यसैगरी सह–संयोजकमा जय संकर शाह, ब्यवस्थापन बिभाग प्रमुख कल्याण थापा, संगठन बिभाग प्रमुख गोपाल न्यौपाने र सदस्यहरुमा कुमार राई, दिपेन्द्र थापा, सन्तोष पौडेल, गणेश बिक, बृन्दा अधिकारी, खगेन्द्र खत्री, जहिद सेख, बिजय प्रकाश अधिकारी, टिकाराम भण्डारी, भरत कार्की, साधना राई, धनपति काफ्ले, ठाकुर सिंह राई, विवेक कँडेल, बिकास राई, युवराज अधिकारी र डिलमाया भण्डारी थापा रहेका छन् भने प्रमुख सल्लाहकारमा टंक चौलागाई चयन गरिएको छ ।

कार्यक्रममा स्वागत सुजन ढकालले र शुभकामना मन्तव्य कल्याण अधिकारीले राखेका थिए । विजय अधिकारी, जय शाह, गोपाल न्यौपाने साथै अथितिहरू, सुरज सुबेदी, शुबास गौतम, दिपक कुमार बिक. लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।

विशेष अतिथि सन्तोष केसीले तदर्थ कार्यसमितिको पदाधिकारी तथा सदस्यहरुको नाम पढेर सुनाएका थिए भने केन्द्रीय सदस्य सुरेश भट्टले सम्पूर्ण कार्यसमितिका सदस्यहरूलाई नेपाली ढाका टोपी लगाएर बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

No description available.

कार्यक्रमको सभापतित्व टंक चौलागाइको रहेको थियो । प्रमुख अतिथि केन्द्रीय सदस्य सुरेश भट्ट र विशेष अतिथि मध्यपूर्व संयोजक सन्तोष केसीले कार्यक्रममा उपस्थित विवेकशील साझालीहरुलाई सम्बोधन गरेका थिए ।

नव नियुक्त संयोजक कार्कीले एकताकोलागि प्रमुख भूमिका निर्वाह गर्ने केन्द्रीय सदस्य सुरेश भट्ट र मध्यपूर्व संयोजक सन्तोष केशी लगायत सम्पूर्ण जिम्मेवार सदस्य साथीहरूलाई धन्यवाद ब्यक्त गर्दै विवेकशील साझा कतारले देशदेखि विदेशसम्म अबका दिनहरुमा एकताको औचित्य र सार्थकता प्रमाणित हुनेगरि निरन्तर रुपमा विवेकशील साझा पार्टी एक ढिक्का भएर देशलाई सर्वाेपरी राख्दै अघि बढ्ने उदाहरणीय कार्य गर्नबाट नचुक्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्कीले संगठनको प्रमुख संयोजक जस्तो गरिमामय पदमा बिश्वास गरी आफुलाई चुन्नु भएकोमा सम्पूर्ण सदस्य साथीहरूलाई हार्दिक धन्यवाद समेत ब्यक्त गरेका थिए ।

उनले आफ्नो पार्टीको मूल्यमान्यतालाई आधार मानी सम्पूर्ण साथीहरूको सल्लाह, सुझावलाई मनन गरी आफ्नो जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

कार्यसमिति सदस्य र सल्लाहकार सदस्यहरूबाट संगठनको हितमा रहने गरी सकारात्मक तवरले सहयोग प्राप्त हुने आफुले अपेक्षा राखेको कार्कीले बताए । विवेकशील साझा विभाजित भएपछि गणेश कार्कीले पूर्व साझा सद्भाव समूह कतारको संयोजकको भूमिका सम्पदान गर्दै आएका थिए ।

११ साउन २०७४ सालमा रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्जवल थापा नेतृत्वको विवेकशील नेपाली दलबीच एकता भइ विवकेशील साझा पार्टी बनेको थियो भने केही असन्तुष्टिका कारण लामो समय नटिकी २०७५ पुस २७ गते विभाजित भएको थियो । देशको आवश्यकता र जनताको आकांक्षालाई आत्मसात एवं सम्मान गर्दै २०७७ मंसिर २४ गते दुवै पार्टीबीच पुनः एकता भएको छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg