नागरिक सहायता कक्षको निशुःल्क स्वास्थ्य शिविर सम्पन्न

77

पहिलोसन्देश, माघ १८, रुपन्देही । नागरिक सहायता कक्ष रुपन्देहीको आयोजनामा निशुल्क दन्त परिक्षण र आँखा परिक्षण शिविर संचालन भएको छ ।

बुटवल २ स्थित श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु वृद्धाश्रमको प्राङ्गणमा बिहान १०ः०० बजेदेखि २ः०० सम्म उक्त स्वास्थ्य शिविर सञ्चालन भएको थियो ।

No description available.

बढ्दो चिसो र कोराना त्रासका बावजुद करिब ५० जना वृद्धवृद्धा लगायतका व्यक्तिहरुले स्वास्थ्य शिविरमा सम्पर्क राखी आफ्नो आँखा र दाँत परीक्षण गराई लाभ लिएका छन् ।

No description available.

कार्यक्रमलाई सफल बनाउनको लागि सहयोग गर्ने आस्था डेन्टल बुटवल , केसी अप्टिकल एण्ड आँखा उपचार केन्द्र बुटवल, विवेकशील साझा पार्टी लुम्बिनी प्रदेश, विवेकशील साझा पार्टी रुपन्देही जिल्ला, साझा पार्टी बुटवल उपमहानगरपालिका, विवेकशील साझा पार्टी तिलोत्तमा नगरपालिकाले सहकार्य गरेका गरेका थिए ।

सहिदहरूको सम्झनामा १ मिनट मौन धारणा गरी पानस बालेर सभापति, प्रमुख अतिथि, बिशेष अतिथि साथै अथितिहरूले संयुक्त रुपमा ब्यानर अनावरण गरी कार्यक्रम शुरू भएको थियो। कार्यक्रम कल्याण थापाले संचालन गरेका थिए ।

No description available.

विवेकशील साझा लुम्बिनीका संयोजक अनुप मान सैजुले कार्यक्रमलाई प्रभावकारी बनाउन प्रत्यक्ष परोक्ष सहयोग गर्ने सबै संघ संस्था, सदस्य तथा हितैषीहरुमा धन्यवाद तथा आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमहरु ल्याइ सर्वसाधारणहरुलाई लाभान्वित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg