माघ १९: राजा ज्ञोनेन्द्रले राजनीतिक ‘कु’ गरेको कालो दिन

3

काठमाडौं । २०६१ साल माघ १९ गते तत्कालिन ज्ञानेन्द्र शाहले सरकारलाई अपदस्त गरी शासन सत्ता आफ्नो हातमा लिएका थिए ।

राजा ज्ञानेन्द्रले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारको मन्त्रिपरिषद् विघटन गरी आफ्नै अध्यक्षतामा मन्त्रिमन्डल गठन गरेका थिए । साथसाथै ज्ञानेन्द्रले राजकीय र शासकीय सत्ता आफ्नो अधिनमा रहने घोषणा गरेका थिए ।

तत्कालिन राजा ज्ञानेन्द्रको उक्त कदमलाई शाही कू को संज्ञा दिँदै उक्त दिन अर्थात माघ १९ लाख नेपाली राजनीतिमा कालो दिवसका रुपमा हेर्ने गरिएको छ ।

शासन सत्ता आफ्नो हातमा लिँदै राजा ज्ञानेन्द्रले देशका प्रमुख राजनैतिक दलका नेताहरुलाई पक्राउ गरी नजरबन्दमा राखेको थिए । उत्कर्षमा पुगेको माओवादी आन्दोलनलाई कारण देखाएर देशमा थप हिंसात्मक गतिविधि चर्किन सक्ने भन्दै राजनीतिक दलका नेताहरुलाई नजरबन्दमा राख्दै मौलिक हकहरुमाथि निलम्बन गरिदिएका थिए ।

ज्ञानेन्द्रको शासन सत्ता आफ्नो हातमा लिँदै बहुदलीय प्रजातन्त्रका मान्यताहरु पूर्णरुपमा समाप्त गरिदिएका थिए ।

त्यसपश्चात तत्कालिन विद्रोही माओवादीसहित प्रमुख ७ राजनीतिक दलहरुबीच १२ बुँदै सहमती भएको सहमती अनुसार दोस्रो जनआन्दोलनको थालनी भएको थियो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg