देशभर कांग्रेसको प्रदर्शन

4

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले सोमबार देशभर विरोध प्रदर्शन गरेको छ । दोस्रो चरणअन्तर्गत पार्टीका १३ वटा भ्रातृसंस्थाहरूको आयोजनामा ७७ जिल्लाकै सदरमुकाम र वरपरका सहरहरूमा कांग्रेसले प्रदर्शन गरेको हो ।

यस पटक पनि नेताहरूको धारणा प्रतिनिधिसभाको पुनःस्थापना कि निर्वाचन भन्नेमा विभाजित थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका नेताहरूले प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डामा मात्रै जोड दिए । संस्थापनपक्षीय नेताहरूले निर्वाचन र पुनःस्थापना दुवैबाट संविधान ‘लिक’ मा आउने बताएका थिए ।

वरिष्ठ नेता पौडेलले तनहुँ र सहमहामन्त्री प्रकाशशरण महतले नुवाकोटमा सम्बोधन गरे । काठमाडौंको शान्ति बाटिकामा पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको पथमा हिँडेको आरोप लगाए ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg