आमहड्तालको पूर्वसन्ध्यामा अनेरास्ववियूकाे राँके जुलुस

4

२१ माघ, काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहकाे निकट अनेरास्ववियूले काठमाडौंमा राँके जुलुस निकालेको छ ।  प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै त्यसको विरोधमा सडक आन्दोलनमा रहेको यो समूहले आमहड्तालको पूर्वसन्ध्यामा मसाल जुलुस निकालेको हो । प्रचण्ड–नेपाल समूहले भोलि माघ २२ गते बिहिबार बन्दको घोषणा गरेको छ ।

मसाल जुलुसमा सहभागीहरुले प्रधानमन्त्री केपी ओली विरोधी नारा लगाएका थिए । राँको खोसेर प्रहरीले आगो निभाउने कोशिस गरेको थियो ।बुधबार काठमाडौंको बागबजारस्थित अनेरास्ववियूको कार्यालयबाट सुरु भएको मशाल जुलुस पद्म कन्या क्याम्पससम्म पुगेर पुन अनेरास्ववियूको कार्यालय रहेको स्थानसम्म आई कोणसभामा परिणत भएको थियो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg