पहिलोसन्देश, माघ २८ ।
साझा युवा संगठनको संस्थापक केन्द्रीय सदस्य राम बाबु यादवको नेतृत्वमा ६ जना इलेक्ट्रिकल इंजीनियरहरु साझा युवा संगठन पर्सा जिल्ला समितिमा समावेश भएका छन् ।
एक कार्यक्रमका बीच माघ २७ गते जिल्ला समिति विस्तार गरिएको हो । संस्थापक केन्द्रीय सदस्य यादवले दिएको जानकारी अनुसार अब पर्सा जिल्ला समितिको सदस्य संख्या ३९ पुगेको छ । इन्जिन, मेशिन वा कुनै पनि संरचनाहरु डिजाइन, निर्माण अथवा मर्मत गर्ने व्यक्तिलाई इन्जिनियर भनिन्छ ।
अहिलेको अवस्था हेर्ने हो भने जनताको वास्तविक समृद्धि, सुख, शान्तिलाई दिगो समयसम्म रहि रहने गरि प्रत्याभूत गर्नका लागि यस नेपाल देशको निर्माण, मर्मतसँगै यसको शासन प्रणालीलाई नै एक नयाँ डिजाइन दिनुपर्ने आवश्यकता देखिएको छ, यो मानेमा इन्जिनियरहरुको युवा संगठनमा आबद्धता हुनु नयाँ आशाको किरण भएको सा.यु.सं.के.स. यादवले बताउनु भयो ।
विस्तारित समितिमा आबद्ध भएका देशभक्तिकोे ऊर्जाले भरिपूर्ण इन्जिनियरहरुमा अरुन गुप्ता, सत्यानन्द महतो, मो. इब्राहिम, वशिष्ठ कुमार, रबलेश कुमार र देवनारायण चौधरी रहेका छन् ।
Facebook Comments