भ्यालेन्टाइन डे को यथार्थ र हाम्रो मनोविज्ञान

104

पश्चिमी देशले बर्गर खाए हामीले पनि खानु पर्ने, पश्चिमी देशले छोटो लुगा लगायो भन्दै हामीले पनि लगाउनै पर्ने, पश्चिमी देशले रातिको १२ बजे दिन फेरिएको मान्छन्, हामीले मान्नैपन पश्चिमी देशले मदरडे माने हामीले पनि मान्नै पार्न, पश्चिमी देशले फादरडे मान्छन् हामीले पनि मन्नै पर्ने, उनीहरू भ्यालेन्टाइनडे मान्छन् हामीले मान्नै पर्ने ! के यो सबै हाम्रो आफ्नै मौलिक सँस्कृति हुन् त ?

रीति संस्कृति त्यो हो जुन हाम्रो पुर्खादेखि चली आएको मात्रै नभइ त्यसले हामीलाई भावनात्मक रुपमा एक बनाउँछ, हाम्रो पहिचान कायम गर्छ, हाम्रो हित गर्छ । मौलिक सँस्कृति समुदायको भौगोलिक अवस्था रहनसहन, भेषभुषा, खानपान र ऐतिहासिक घटनासँग सम्बन्धित हुन्छ । तर केही यस्ता चाडपर्व हाम्रो समाजमा भित्रिएका छन् कि जो हाम्रो जीवनसँग कुनै कोणबाट मेल खाँदैन, तैपनि हामी ती चाडपर्वलाई मान्यता दिरहेका छौं, यो सबै आधुनिकीकरणको नाममा पश्चिमी प्रभाव हो ।

भ्यालेनटाइनडे भन्ने बित्तिकै सन्त भ्यालेन्टाइनलाई सम्झिनु पर्ने हुन्छ । चौथो शताब्दीतिर सन्त भ्यालेनटाइन रोममा एक चर्चका फादर थिए, उनी पूर्वी संस्कृतिबाट प्रभावित थिए । सोही कालखण्डतिर पूर्वी संस्कृतिमा विवाह गर्ने चलनको विकास भइसकेको थियो भने युरोपमा स्त्रीलाई उपयोग गर्ने छोड्ने, कसैसँग पनि दिगो सम्बन्ध नराख्ने चलन थियो त्यसले गर्दा समाजमा विकृति विसंगति फैलिएका थिए अनेक किसिमका रोगले जन्म लिँदै थियो । बच्चाको लालन पालन थिएन, बच्चाको भविष्य असुरक्षित थियो, समाजमा सुख, शान्ति हराई सकेको थियो । समाज हिंसा, हत्यातिर जाँदै थियो तर पूर्वी सभ्यतामा सुख, शान्ति आराम चैनको समाज थियो । एक पुरुष एक महिला परस्पर समर्पित भइ सँगै बस्थे । यो सभ्यतालाई सन्त भ्यालेन्टाइनले युरोपमा उतार्न चाहन्थे तर त्यसताका समकालीन कुरुर राजा ऋबिगमष्गक को मान्यता यो थियो कि स्त्रीलाई पत्नीको दर्जा दिनु हुँदैन । उनीहरू मात्र अस्मिता लुटिने एउटा साधन हुन । पुरुषको लागि उपभोग्य साधन हुन् भन्ने विचार थियो र यदि विवाह गरेर परिवारमा बस्न थाले भने देशमा भएका युवा वर्ग शारीरिक रूपमा कमजोर हुन्छ्न् र भावनामा बग्ने हुन्छन् जसले गर्दा अरु देशमाथि विजय गर्न सकिन्न भन्ने विचार राख्थे किनकि परिवारमा बस्ने मान्छे माया प्रेममा बाँधिएको हुन्छ । बन्धनमा परेको मानिस खुलेर लडाइँमा आउन सक्दैन । भावात्मक रूपमा कमजोर हुन्छ भन्ने सोच थियो ।

तर पनि सन्त भ्यालेन्टाइनले २५ वर्ष देखि गर्दै आएको बिबाह गराई दिने काम निरन्तर थियो । एक दिन राजा क्लडियसले थाहा पाउँछन् कि सन्त भ्यालेनटाइन चर्चमा विवाह गराई रहेका छन् । यो कुरा थाहा पाएपछि राजा आफ्नो सैन्य बल लगाएर, सन्त भ्यालेन्टाइनलाई पक्राउ गर्छन् । वास्तविकता थाहा पाए पछि सन्त भ्यालेनटाइन राजाको विचार विपरीत गएकोले सन्तलाई कैदी बनाउँछन् । सन् ४९८ फेबु्रअरी १४ तारिकका दिन खुल्ला ठाउँमा जनताका अगाडि नै फाँसी लगाएर मृत्यु दण्ड दिन्छन् ।

तर ज–जसको सन्त भ्यालेनटाइन ले विवाह गराएका थिए सन्तको मृत्यु देखेर वैवाहिक जोडीहरु साह्रै दुखी थिए । सन्त भ्यालेनटाइनलाई सम्झनाको लागि उनीहरुले त्यो दिनलाई सम्झना स्वरूप मनाउँदै आए ।

युरोपकालागि यो कुरा सकारात्मक हो । उनीहरूले त्यस्तो संस्कार र संस्कृति पाए जसले जीवनलाई सुखमय बनाउँछ, सामाजिक विकृतिलाई कम गर्छ, तर हामी यो भ्यालेनटाइनडे किन मान्ने, हाम्रो संस्कृतिमा त विवाहको प्रथा पहिलेदेखि थियो । हो प्रेम दिवसको रूपमा मान्ने हो भने पनि के वर्षमा एक दिन प्रेम गरेर पुग्ला र ? यदि अरु दिन जोडीबीच सधैं झगडा, घरेलु कलहका शिकार भइरहेका हुन्छन् । सम्बन्धलाई सुमधुर बनाउन समझदारी, साझेदारी निस्वार्थ भावना, त्याग गर्न सक्ने सम्झौता गर्न सक्ने हुनु पर्याे तब न सम्बन्ध दिगो रहला, न कि कुनै दिनलाई उत्सवको रुपमा मानेर ।

हामीले गाउँको ठुलो घर भएको मान्छे जिम गयो भन्दैमा हामीले किन जीम जाने ! जिम जाने व्यक्तिलाई डायबिटिज, बिपी पो छ कि, ठूलो घरको मान्छे डान्स क्लब गए भन्दैमा हामी किन जाने हुन सक्छ उहाँ त मोटापाको विरामी भएर ज्यान स्लीम बनाउन पो गाको हो कि ? ठुलो घरको मान्छे योग, व्यायाम तालिम लिन गयो भन्दैमा हामी किन जाने हुन सक्छ उहाँलाई मानसिक रोग भएर र मुक्ति पाउन पो तालिम लिएको होकि !

वास्तवमा विकेकशील प्राणी हौं हामी, हामीले त्यही गर्ने हो जुन हामीलाई आवश्यक छ । प्यास लागेको बेला चिउरा, चाउचाउ काम लाग्दैन पानी नै चाहिन्छ । हामीले हाम्रो समाजमा भएको कुरीति, कुसंस्कार, अन्धविश्वास, रुढिवादलाई हटाई आफ्नो मौलिकताको जगेर्ना गर्नु पर्छ ।

यसैमा एक–दुई प्रसङ्ग जोड्न मन लाग्यो । हामी वैवाहिक वर्षदिन अहिले केही वर्ष यता मनाउँदै छौं । त्यसको वास्तविकता हेर्दा युरोपतिर केही पछिको समयमा विवाह गरेको वर्ष दिन नपुग्दै केही जोडीका लोग्ने स्वास्नी अलग भइहाल्थे । वर्ष दिन पुगे पनि ४ या ५ वर्षसम्म एउटैसँग सम्बन्ध टिक्न सक्दैन थियो त्यसैले उनीहरू वैवाहिक वर्ष Wedding Anniversary मनाउँथे ।

पूर्वी देशहरुमा सतीप्रथा थियो । कसैको विवाह भइसकेपछि उसको त्यो मान्छेसँग जीवन जस्तै दुःख कष्टको भए पनि बिताउँथे । अन्तिममा लोग्नेको मृत्यु हुँदा सती जान्थे । सती जाने महिलाको भावनात्मक शुद्धि उच्च कोटिको भए पनि सती जानु राम्रो प्रथा होइन । यहाँ मैले भन्न खोजेको सम्बन्ध यति दिगो र गहिरो हुन्थ्यो । हो, अहिले पनि लन्डन, योरोप अमेरिकातिर ६० देखि ७२ प्रतिशत महिला पुरुष अविवाहित छन् । उनीहरू Living Relationship मा बसिरहेका छन् । त्यसको फाइदा, घाटा आफ्नो ठाउँमा होला तर त्यहाँको मान्यता अनुसार दिगो सम्बन्ध हुन कठिन छ, त्यसैले Anniversary मनाउन्छन् । हामीले किन र केका लागि मान्ने ! हाम्रो संस्कारमा त एक पटक विवाह भएपछि सात जुनीलाई पुग्छ भन्ने मान्यता कायम छ सदियौंदेखि ।

पहिले यूरोपमा बच्चा जन्मेपछि आफुसँग राख्न पाउँदैन थिए । चर्चका मानिसले रेखदेख गर्थे । वर्षमा एकपटक आमाले आफ्नो बच्चालाई भेट्ने चलन थियो । त्यो दिनलाइ खास मान्दै मदर डे मनाए । त्यसको केही समय पछि कुनै–कुनै परिवारमा बच्चाहरु घरमा राख्न थाले तर बुवासँग बसेर खाना खाने त्यहाँको रीति संस्कृतिले मान्यता दिएको थिएन । वर्षको एक दिन बुवासंगै बसेर खाना खान्थे त्यही दिनलाई फादर डे को रूपमा मान्न थाले । योरोपेली देशहरुमा यो सब उनीहरुको परम्परागत संस्कार हो । उनीहरूले मान्नु एकदम जायज हो तर हामी किन अरूको संस्कार संस्कृतिमा होमिने ?

हामी को हौं हामी आफूलाई चिनौं 

विदेशीको छोटो लुगा नेपाल भित्रियो, बर्थडे नेपाल भित्रियो, मदर डे नेपाल भित्रियो, फादरडे नेपाल भित्रियो, भ्यालेनटाइनडे पनि नेपाल भित्रियो तर विदेशको जस्तो विकास नेपाल छिर्न सकेन, त्यहाँको टेक्नोलोजी नेपाल आएन, त्यहाँको, अहिलेको स्वन्त्रता नेपाल आएन, आयो त केबल विकृति र विसंगति !

अब त्यहाँको विकास नेपाल ल्याउनु पर्छ, त्यसको टेक्नोलोजी नेपाल ल्याउनु पर्छ, त्यहाँको विज्ञान नेपाल ल्याउनु पर्छ, त्यहाँको राम्रो जीवन शैली नेपाल ल्याउनु पर्छ र नेपाललाई पनि एउटा जातीय विभेदरहित देश बनाउनु पर्छ ।अन्धबिश्वासलाई हटाउनुपर्छ, कुरीति कुसंस्कारलाई त्याग्नुपर्छ, रुढिवादी परम्परा छोड्नु पर्छ । सुखी नेपाल र समृद्ध नेपालको परिकल्पनालाई सार्थक तुल्याउन आवश्यक भूमिका निर्वाह गर्नुपर्छ ।

कुनै पनि देशको संस्कृति यदि सकारात्मक छ भने अनुसरण गर्नु पर्छ र यदि नकारात्मक छ भने मौलिक संस्कृति भए पनि त्यसलाई समय सापेक्ष परिमार्जन वा अन्त्य गरेर लानुपर्छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg