जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2

काठमाडौं,२०७७ फागुन ८ गते

मकवानपुर, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा ठोरी गाउँपालिका-५ बस्ने जेम्स भन्ने २३ वर्षीय कुमार तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका-२ स्थितमा तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।

त्यसैगरी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कैलाली जिल्लाको चुरे गाउँपालिका-४ बस्ने ४० बर्षीय नरेश देउवालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । देउवाले ती बालिकालाई ललाई फकाई होटलमा लगी जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई धनगढी उपमहानगरपालिका-४ बसपार्कमा फेला पारी पक्राउ गरेको हो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg