आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

0

दोलखा, २०७७ फागुन ८ गते

धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा कालिन्चोक गाउँपालिका-६ खारेबेशी बस्ने २८ वर्षीय हिमाल थामीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै श्रीमती २१ वर्षीया सुनिता थामीलाई हिमालले शुक्रबार राति टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg