जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

0

ललितपुर, २०७७ फागुन ८ गते

ललितपुर महानगरपालिका-२६ सुनाकोठीस्थित अजय महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ४३ वर्षीय राम बहादुर लामा समेत १७ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले १९ बुक तास, १६ थान कौडा, ५ थान क्यारेमको गोटी, १ सय ५० थान सिमीको दाना र नगद ३० लाख ८४ हजार ४ सय रुपैयाँ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg