विभिन्न जिल्लामा अवैध लागूऔषध सहित पक्राउ

3

काठमाडौं, २०७७ फागुन ८ गते

कपिलवस्तु, बिजयनगर गाउँपालिका-४ महिलाबारबाट करिब २ ग्राम ७३ मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय महिबुब आलम मुसलमान र २८ बर्षीय मंगरे यादव रहेका छन् । प्रहरी चौकी पत्थरदेहियाबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्दा उक्त धुलो सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१३ स्थित किसान इँटाभट्टा नजिकबाट ३३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बहराईच बस्ने १९ वर्षीय मुस्लिम राई र ३० बर्षीय राजु राई रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
झापा, अर्जुनधारा नगरपालिका-११ बसपार्कबाट १५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो सहित मेची नगरपालिका-१ बस्ने २१ वर्षीय बिजय आले मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको संयुक्त प्रहरीले उक्त धुलो र डिजिटल तराजु सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट २ ग्राम २ सय ५० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय सिद्धार्थ ऐर र सोही नगरपालिका-२ बस्ने ३७ बर्षीय ओम बिक्रम अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ऐरले चलाएको से. ५ प ८५२४ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार अधिकारीको साथमा उक्त ब्राउनसुगर फेलापारी दुबै जनालाई पक्राउ गरेको हो ।
सिन्धुली, मरिण गाउँपालिका-६ प्रगती बालुवाटारबाट करिब ८० किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने १९ वर्षीय सुमन थिङ समेत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-२ भैरव टोल बस्ने २४ वर्षीय मुक्तान शर्मा जैसीलाई नियन्त्रित लागूऔषध २ सय ५० ट्याब्लेट नाईट्रोभेट सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg