माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु

0

सुनसरी, फागुन-८ गते ।

सुनसरीको बराहक्षेत्र नगरपालिका ८ का १४ बर्षीय प्रज्वल राईको बालुवा र माटो सहितको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।
आज दिउसो १ बजे बराहक्षेत्र-८ सालबन्दी स्थित कोशी नदिको किनारमा रहेको पानी जमेको भौडीको डिलमा खेल्ने क्रममा अचानक प्रज्वललाई बालुवा र माटो सहितको ढिस्को झरी पुरेको स्थानीयले देखी तत्काल उपचारार्थ बराहक्षेत्र नगर अस्पतालमा लगिएको र उपचारको क्रममा बालक प्रज्वलको दिउसो २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ।
साथै उनि संगै खेल्ने गएका उनकै भाई १० बर्षीय राजन राई समेत पुरिएर घाईते भएकोमा उनलाई थप उपचारको लागी घोपा धरान लगिएको उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg