मुगुमा कोरोना संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु

25

मुगु । कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक मुगुमा एक वृद्धको ज्यान गएको छ । मृत्य हुनेमा छायानाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले जानकारी दिए ।

उनका अनुसार ती वृद्धलाई अस्पताल ल्याउनेक्रममा आज बाटोमा नै निधन भएको थियो । एक हप्तादेखि बिरामी हुँदा पनि ती वृद्ध अस्पतालमा  जान नमानी घरमा नै रही  जडीबुटी सेवन गरेको बताइएको छ ।

वृद्धको मृत्युपछि गरिएको एन्टिजिन परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको सूचना अधिकारी नेपालीले बताए । गत वैशाखदेखि जिल्लामा संक्रमित संख्या वृद्धि भए पनि मृत्यु भएको थिएन ।  हालसम्म २९४ संक्रमित रहेका जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg