बालबालिकालाई कोरोना खोपकाे परीक्षण सुरु

26

काठमाडौं । भारतले कोरोनाविरुद्धको खोप बालबालिकामा परीक्षण गर्न सुरु गरेको छ ।

भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिन खोप बालबालिकामा परीक्षण सुरु गरेको हो । यो खोपलाई भारतको औषधि नियन्त्रण विभागले गत मे ११ मा बालबालिकामा क्लिनिकल ट्रायलको अनुमति दिएको थियो ।

भारतको नीति आयोगका स्वास्थ्य सदस्य विके पलले भारतीय औषधि नियन्त्रण विभागले २ देखि १८ वर्ष उमेरका बालबालिकामा यो खोप दोस्रो र तेस्रो क्लिनिकल परीक्षणका लागि अनुमति दिइसकेको बताउनुभएको छ ।

भारतले गत जनवरी १६ देखि विश्वकै सबैभन्दा ठूलो खोप अभियान सुरु गरेको छ । हालसम्म सबै स्वास्थ्यकर्मीले खोप प्राप्त गरिसकेका छन् भने फ्रन्टलाइनमा रहेर काम गर्ने सुरक्षाकर्मी लगायतलाई पनि खोप प्रदान गरिसकिएको छ । भारतमा झण्डै २२ करोडलाई खोप दिइसकिएको छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg