नेपाललाई खोप उपलब्ध गराउने अमेरिकाको घोषणा

35
काठमाडौं ।
कोभ्याक्स सुविधा अन्तर्गत संयुक्त राज्य अमेरिका सरकारले नेपाल सहित विश्वका विभिन्न मुलुकहरूलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

अमेरिकाले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स परियोजनामार्फत  विश्वका विभिन्न मुलुकलाई गरी तत्काल २ करोड ५० लाख मात्रा खोप उपलब्ध गराउने र त्यस मध्ये नेपाल सहित एसियाका १६ बढी मुलुकका लागि ७० लाख मात्रा खोप उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने अमेरिकी सरकारको निर्णयप्रति आभार व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले ट्विट गर्नु हुँदै खोपका लागि नेपालले गरेको प्रयासको सम्बोधन गरेकोमा अमेरिका सरकार र नेतृत्वप्रति धन्यवाद ज्ञापन गर्नु भएको छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg