शैक्षिक प्रमाण–पत्र बुझाएर मात्र बैंक-लोन पाइदैन, यस्ता अन्य कागजात पनि चाहिन्छ

131

लोकनाथ लुईटेल, रुपन्देही ।

सरकारले आगामी आर्थिक वर्ष २०७८ र ७९ को लागि १०७ पेजमा लेखिएको रु. १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ। यदि यो बजेट सहि तरिकाले कार्यान्वयन भयो भने बिकसित देशको भन्दा उत्कृष्ठ ठहरिनमा कोही संका छैन बसर्ते लागु र कार्यान्वयन हुनु या नहुनुमा भर पर्दछ। यदि त्यसो भयो भने केही बर्षमा नेपाल एक बिकसित देश बन्ने छ, बन्नु पनि पर्छ यो सम्पूर्ण नेपालीको चाहना पनि हो। आगामी आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कुल विनियोजनमध्ये सङ्घले खर्च गर्ने चालुतर्फ रु. छ खर्ब ७८ अर्ब ६१ करोड अर्थात् ४१.२ प्रतिशत, पूँजीगततर्फ रु. तीन खर्ब ७४ अर्ब २६ करोड अर्थात् २२.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु. दुई खर्ब सात अर्ब ९७ करोड अर्थात् १२.६ प्रतिशत विनियोजन गरिएको छ।

यसै मध्य देशमा स्नातक उत्तीर्ण भै बेरोजगारररोजगार रहेका ब्यक्तिले आफ्नो शैक्षिक प्रमाणपत्र धितो राखि ५% दरमा २५ लाख सम्मको कर्जा लिइ कुनै उधोग घन्दा खोलि आफ्नो जीवनस्तर उकास्नुको साथै देश बिकासमा टेवा पुर्याउने उद्देश्यले सरकारले लोनको घोषणा गरेको छ। यसै कुरालाई लिएर जनताबाट बिभिन्न प्रकारका टिका टिप्पणि आउनु स्वाभाबिकै हो। अघिल्लो आर्थिक बर्षमा पनि सरकारले शैक्षिक प्रमाणपत्र धितो राखि ७ लाख सम्मको कर्जा लिन सक्ने कुरा बजेटमै घोषणा गरेको र १३७ जनाले यसबाट लाभ लिइरहेको जानाकारी बिभिन्न समाचार माध्यमबाट प्रकाशित भएका थिए।

सरकारले घोषणा गरेको कुनै पनि कामको जिम्मेबारीपूर्वक पुरा गर्नु सरकारको कर्तब्य हो र गर्नु पर्छ तर पनि ५० लाख भन्दा बढी ग्रेजुएट ९स्नातक उत्तीर्ण रहेको हाम्रो देशमा यसको लाभ जनताले खासै लिन नसक्नुको पछि बिभिन्न कारणहरु छन्। ५० लाख मध्य जम्मा १३७ जनाले मात्र लोन पाउनु र लिनुमा बैंकको आफ्नै नियम र त्यो नियम पुरा गर्न कठिन हुने हुँदा केही मन्त्री, नेता र सोर्स फोर्स भएका ब्यक्तिले मात्र यसबाट लाभ लिएको कुरा तथ्याङ्कले बताउंछ।

१० लाखको लोन लिदा २० लाख बढीको सम्पत्ति धितो र त्यो लोन तिर्नको लागि पर्याप्त आम्दानी देखाउन नसके बैंकले पर्सनल लोन त दिदैन भने अब हामी सर्टिफिकेट धितो राखेर बिना आम्दानीको बिबरण कसरी २५ लाख लोन सरकारले घोषणा गरेकै भरमा बैंकले देला त भन्ने अन्यौलमा युबा वर्ग छन्।

यदि लागु नै नहुने भए जो सर्टिफिकेट धितो राखेर लोन खाइरहेका छन् उनीहरुले कसरी लोन लिनुभयो यस प्रति ध्यानाकर्षण हुनु जरुरी छ। यसै क्रममा मैले NMB बैंकका म्यानेजरसंग यस सम्बन्धमा केही जान्ने बुझ्ने उत्सुकता गरेको थिएँ। उहाँको भनाइ अनुसार शैक्षिक प्रमाणपत्रको साथमा बैंकले मागेको पेपर ल्याउन सकेमा छानबिन गरि हाम्रो नियम र मापदण्ड अन्तर्गत परेमा लोन दिन सक्छौं । बसर्ते लिएको लोनको किस्ता तिर्न सक्ने ग्यारेन्टी हुनु पर्यो। कुरा उहाँको पनि जायज हो। कुनै पनि बैंकले सरकारले गरेको सही या गलत निर्णयको जोखिम उठाउन जबरदस्ती गर्न मिल्दैन। बैंकले किस्ता तिर्न सक्ने क्षमता र ग्यारेन्टि गरे लोन दिन सक्ने तर लोन लिएर समयमा किस्ता तिर्नको लागि ग्यारेन्टि कसरी देखाउने भन्ने कुरा महत्वपूर्ण हुन्छ।

यस्को लागि सरकारले फितलो किसिमको प्रस्ताब घोषणा गर्नु अघि यसलाई अलि विस्तृत रुपमा चाहिने कागजातको किसिम, साक्षी र ग्यारेन्टि जस्ता गाइडलाइनको मस्यौदा पनि प्रष्ट पारेर राष्ट्र बैंकमा दिए बैंक तथा लोनकर्ता दुबैलाई सजिलो हुने थियो।

बेरोजगार एक मेहनती युबाको हातमा २५ लाख आउछ र त्यसलाई सही सदुपयोग गर्छ भने अरु देशको गुलामी गर्न जानु पर्दैन। आफ्नै देशमा आफ्नै परिबारसंग रमाउदै आरामले जिबिकोपार्जन गर्न सकिन्छ। तसर्थ सरकारले यस लोनलाई सहज र पारदर्शी बनाइदिन उचित पहल गरोस्। बैंकले पनि सरकारसंगको समन्वयमा उपयुक्त बाताबरण सिर्जना गरोस् ताकि धेरै भन्दा धेरै जनताले आफुले मेहनत गरेर आर्जन गरेको शैक्षिक प्रमाण–पत्रद्वारा लोन लिएर आफ्नो जिबिकोपार्जन गर्न सकुन्। यस्को लागि स्थानीय, प्रदेश, केन्द्र सरकार र राष्ट्र बैंकको समन्वयमा कमिटि गठन गरि उचित मार्ग निकालियोस्, जसबाट नेता मन्त्री, गुन्डा, दलालहरुको पहुच नभएका सर्बसाधारण सिक्षित युबाहरुले सहुलियत दरमा लोन लिन सकुन् र आफु तथा देशलाई प्रगतिपथमा लम्काउन सकुन्।

मैले NMB बैंक मङलापुरका शाखा म्यानेजर मित्रसंग यस सम्बन्धी जिज्ञासा राखेको थिएँ । उहाँको भनाइ अनुसार सहुलियत दरमा लोन लिनको लागि सम्पूर्ण पेपर तयार गरि आएमा सजिलै लोन दिन सकिने भन्नुभयो जुन निम्न अनुसार छ :

१) नागरिकता प्रमाण–पत्रको प्रतिलिपि २ प्रति ।

२) व्यवसाय दर्ता प्रमाण–पत्र र प्यान दर्ता प्रमाण–पत्र (व्यवसाय संचालन गर्ने क्षेत्रको स्थानीय तह, जिल्ला घरेलु, कम्पनी रजिस्ट्रार कार्यालय मध्ये कुनै एक ठाउँमा दर्ता गरेको हुनुपर्ने र कर कार्यालयमा अनिवार्य आबद्धत्ता भएको कागजातको २ प्रति ।

३) पारिवारिक नाता प्रमाणित ९स्थानीय तहको वडा कार्यालयबाट, एकाघरको परिवारमध्येबाट कम्तीमा ३ जनासम्म रहेको । साथै निजको नागरिकताको फोटोकपी र पासपोर्ट साइजको फोटो, २/२ प्रति ।

४) बिवाहितको हकमा बिवाह दर्ताको प्रमाण–पत्र २ प्रति ।

५) व्यवसाय संचालन गर्ने क्षेत्र (जग्गा वा घर आफ्नो भएमा जग्गाधनी लालजूर्जाको फोटोकपी) यदि भाडामा बस्ने भएमा कम्तीमा पाँच वर्ष जग्गा वा घरबहाल सम्झौतापत्र र धनीको नागरिकताको फोटोकपी, त्यसैगरी कित्ता खुल्ने जग्गाको लालपूर्जाको फोटोकपी २–२ प्रति ।

६) ७ दिनको व्यावसायिक सीप तालिमको प्रमाण–पत्र २ प्रति ।

७) बैदेशिक रोजगारबाट फर्किएका युवाको हकमा (पासपोर्टको प्रतिलिपि, भिजा स्टिकर,श्रम स्वीकृति पत्र र भएमा बैदेशिक रोजगारमा रहँदा काम गरेको कम्पनीको प्रमाण–पत्र समेत) ।

८) व्यावसायिक परियोजना प्रस्तावना पत्र १ प्रति ।

९) मञ्जुरीनामा स्वघोषणा पत्र ( एकाघरको सदस्य वा सामूहिक जमानतको हकमा)

१०) कर्जा माग तथा स्वीकृतिको लागि बैंक निबेदन पत्र ।
सम्पूर्ण सिक्षा प्रेमी साथीहरुले आफुले मेहनत गरि आर्जन गरेको शैक्षिक प्रमाण पत्र र सपोर्टिङ्ग कागजात तयार गरि लोन लिएर सही सदुपयोग गरि समयमा किस्ता बुझाइ आ–आफ्नो ब्यबसाय मार्फत एक असल र सफल नागरिकको गहन भूमिका निर्वाह गर्नका लागि यो सुनौलो अवसर हो । यसबाट लाभान्वित बनौं ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg