विवेकशील साझा पार्टी अर्घाखाँचीद्वारा आगलागी पीडितको घर निर्माणकार्य शुरु

388

राजु विके, रुपन्देही, असार १० ।
अर्घाखांचीमा वासस्थानविहीनलाई बस्न विवेकशील साझा पार्टी अर्घाखांचीले घर निर्माण कार्य शुुरु गरेको छ ।
छत्रदेव–४ धरमपानीका घरविहीन नारायण थापा र उनको परिवारलाई सहयोगार्थ विवेकशील साझा अर्घाखाांचीले घर निर्माण कार्य शुरु गरेको हो ।

गत वर्ष (२०७७) चैत्र २० गते भीषण आगलागीबाट थापाको घर, गोठ जलेर नष्ट भएपछि उनको ७ सदस्यीय परिवार वासस्थानविहीन अवस्थामा कष्टकर र असुरक्षित जीवन जिउन बाध्य भएको देखेपछि विवेकशील साझा पार्टीको जनताको सेवा गर्न समर्पित भन्ने नीति अनुरुप पार्टीले व्यक्तिको सुरक्षासाथ बांच्न पाउने अधिकारकै प्रत्याभूतिस्वरुप उक्त घर निर्माण कार्य प्रारम्भ गरेको विवेकशील साझा लुम्बिनी प्रदेशका प्रवक्ता केशवराज खनालले जानकारी दिनुुभयो ।

डकर्मीको काम गरेरै जसोतसो परिवार पाल्दै आएका थापाको आर्थिक अवस्था कमजोर भएकाले उनी सानो वासस्थान बनाएर बस्न पनि असमर्थ थिए । थोरै भएपनि राहत होस् भन्ने उद्देश्यले बस्ने घर, खाद्यान्न सामग्री र लत्ताकपडाको व्यवस्था मिलाउन कोरोना सँक्रमणको असहज परिस्थितिमा समेत पार्टीले अभियान चलाएको थियो ।

सहयोग संकलन अभियानबाट प्राप्त भएको रकमले एक महिनाभित्र २ तले घर निर्माण गरेर थापालाई हस्तान्तरण गरिने विवेकशील साझा पार्टी अर्घाखाँची जिल्ला संयोजक पुशपति पाण्डेले पहिलोसन्देशलाई बताउनु भयो ।

कोविड–१९को विषमताले गर्दा ढिला सुुरु भएको घर निर्माण कार्य टार्न नमिल्नेगरी प्रतिकुुलता सिर्जना नभएमा योजना अनुरुप निर्धारित अवधिभित्र सम्पन्न हुने र पीडित परिवारलाई हस्तान्तरण गरिने विश्वास संयोजक पाण्डेले व्यक्त गर्नुु भयो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg