कोभिशिल्ड खोपको दोस्रो मात्रा ढिला लगाउँदा झन् प्रभावकारी

30

काठमाडौं । अहिले विश्वभर कोरोना विरुद्धको खोपको अभाव छ । कतै खोप अभियान सुरुनै भएको छैन भने धेरै देशहरुमा खोप नहुँदा खोप कार्यक्रम रोकिएको छ ।
नेपालमा पनि १३ लाख ५० हजारभन्दा बढी ज्येष्ठ नागरिक एस्ट्राजेनेकाको खोप कोभिशिल्डको दोस्रो मात्राको पर्खाइमा छन् । पहिलो मात्रा लगाएको ३ महिना बितिसक्दा पनि दोस्रो मात्राको निर्क्यौल हुन सकेको छैन । दोस्रो मात्रा लगाउन ढिलो भयो भनी ज्येष्ठ नागरिकहरु चिन्तित देखिन्छन् तर एस्ट्रेजेनेका खोप बनाउने समूहको नेतृत्व गर्नुभएका वैज्ञानिक एन्ड्रयु पोलार्डले यो खोप ढिला लगाउदा झनै प्रभावकारी हुने बताउनुभएको छ ।

बीबीसी सँगको अन्तवार्तामा उहाँले दोस्रो मात्रा खोप लिन ढिला भएपनि प्रतिरोधी क्षमता कायमै रहने बताउनुभएको हो । पोलार्डले खोपको पहिलो मात्रा लगाएपछि नै त्यसबाट उच्चस्तरको सुरक्षा प्राप्त हुने बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनले उक्त खोप आठ देखी १२ हप्ताको अन्तरालमा दिनुपर्ने सुझाव दिँदै आएको छ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg