बच्चाहरुका लागि कोरोनाविरुद्ध वैक्सिन तैयार

28

पहिलोसन्देश, रुपन्देही, असार १७, बिहीबार ।
कोरोनाको तेस्रो लहरले बच्चाहरुलाई असर गर्ने भनिदै छ । यस्तोमा छिमेकी देश भारतमा बच्चाहरुका लागि वैक्सीनको खबरले राहत दिएको छ । भारतको स्वदेशी कम्पनीले १२ देखि १८ वर्षका बच्चाहरुका लागि वैक्सीन तैयार गरिसकेको छ । केही स्थानहरुमा यो वैक्सीनको परीक्षण समेत गरिएको छ ।
अब १२ वर्ष माथिका बच्चाहरुलाई पनि वैक्सीन लगाइने छ । स्वदेशी कम्पनी जायडस कैडिलाले किशोर अवस्थाका बच्चाहरुका लागि वैक्सीन तैयार पारेको खबरले मिडियामा चर्चा पाएको छ ।
कम्पनीले यसको आपातकालीन प्रयोगका लागि ड्रग कन्ट्रोलर जनरल अफ इन्डियासँग इजाजत मागेको छ । येति बेला विश्वका केही देशहरुमा फाइजर कम्पनीको मात्रै वैक्सीन बच्चाहरुलाई लगाइदै छ । यस्तोमा कैडिलाको यस वैक्सीनले भारतीय बच्चाहरुका लागि ठुलो राहतको काम गर्नसक्ने छ ।
यस वैक्सीनको नाम कम्पनीले श्थऋयख्(म् राखेको छ । यस वैक्सीनको ३ ओटा डोज लगाउनुपर्ने छ ।
सामान्यतया वैक्सीन दुई प्रकारका हुन्छन् । पहिलो डिएनए र दोस्रो आरएनए । भारतको अक्सफोर्ड एस्ट्राजेनेकाको वैक्सीन डिएनए आधारित हो जबकि अमेरिकाका दुईवटै वैक्सीन फाइजर र मडर्ना एक एमआरएनए आधारित वैक्सीन हुन् । डिएनए आधारित वैक्सीन पुरानो प्रविधि हो । यसमा प्रायः मरेका या जिउंदा वायरस वा बेक्टिरिया प्रयोग गरिन्छ । यसरी वैक्सीनको रुपमा वायरस वा बेक्टिरिया शरीरमा पठाएपछि यसले एन्टिबडी तैयार पार्दछ जो जिवाणु वा विषाणुविरुद्ध लड्छ ।
कम्पनीले दावा गरेको छ कि जो व्यक्तिहरुमा कोरोना संक्रमणको गम्भिर लक्षण छ उनीहरुलाई यो वैक्सिन ६६.६% प्रभावकारी सावित हुनेछ भने सामान्य लक्षणसहितका व्यक्तिहरुमा यसले १००% प्रभाव देखाउने छ । कम्पनीले बताए अनुसार यो वैक्सीन किशोर किशोरीहरुका लागि पनि सुरक्षित छ । यद्यपि हाललाई यो सम्बन्धमा उपलब्ध तथ्यहरु जांचिएका छैनन् ।
जायडस कैडिला कम्पनी भारतको अहमदाबादमा छ जसको वैक्सिनले तेस्रो ट्रायल फेज पार गरिसकेको छ । बच्चाहरुलाई मात्र नभइ वयस्कलाई पनि यो वैक्सिन दिन सकिन्छ ।
यो वैक्सिन निडल फ्री भएको जनाइएको छ । निडल फ्रि भन्नाले वैक्सिन लगाउंदा व्यक्तिलाई दर्दको अनुभूति नै हुने छैन । कम्पनीले यो वैक्सिन वर्षेनि १०–१२ करोड डोज तैयार पार्ने छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg