जन्मदिनको शुभकामना तिमीलाई हे सज्जन !

272

जन्मदिनको शुभकामना तिमीलाई हे सज्जन !

ठान्नु ठुलो हो धनभन्दा आफ्नै नेपाल वतन,
जाति धर्मभन्दा सुन्दर हो मान्नु नेपाली मन
सफल असल रहनु लागोस् यो दिलको वचन,
सयौं वर्ष देख्न पाइयोस् जन्मदिनको आगमन
जन्मदिनको शुभकामना तिमीलाई हे सज्जन !

दुःख मेटाउन गरिब, दुखीको सँधैभरी पहल होस्
देशमा समृद्धि ल्याउन चालेको कदम सफल होस्
नेपाल आमालाई खुशी राख्न प्रयास हरपल होस्
देशमाथि शत्रु आइलागे आक्रामक हलचल होस्
कृष्ण बन हुन नदेउ नेपाल आमाको चीर हरण
जन्मदिनको शुभकामना तिमीलाई हे सज्जन !

गर्दै जानु है परोपकारी काम बस्नु सबैको मनमा
निस्वार्थ सेवा उत्तम जीवन केही सार छैन धनमा
आउँदै नआओस् कुनै कमी देशभक्तिको लगनमा
निहुरियोस् शीर गर्व साथ नेपाल आमाकै चरणमा
नझुके शत्रुलाई झुकाए राख्नु वीरताको चलन
जन्मदिनको शुभकामना तिमीलाई हे सज्जन !

जति सुकै शीखर चढे नि कहिले नगर्नु अहंकार
बन्नु निस्वार्थी, पारदर्शी, अव्वल, अनि इमानदार
एकता अनि राष्ट्रियतामा राख्नु है विश्वास अपार
गर्न नपरोस् जीवनमा रोग, भोक, शोकले चित्कार
महान् कामले महान् बन्नु संसारले गरोस् नमन
जन्मदिनको शुभकामना तिमीलाई हे सज्जन !

दियौ मन्त्र आफ्नो देशलाई राखौं आफैले सम्हाली
युवाहरुलाई जगायौ भन्दै देश बनाऔं यसपाली
गर केही गरिबको मुहारमा छाओस् खुशियाली
हटाउ भ्रष्टाचार जातिविभेद जान्न तिम्रो वार खाली
आउँदै छ तिम्रै योगदानले यो देशमा ठुलै परिवर्तन
जन्मदिनको शुभकामना तिमीलाई हे सज्जन !

पवित्र लक्ष्यको मार्गमा त आउँछन सयौं व्यवधान
हार नखानु आफ्नो चित्तलाई बनाउनु झनै बलवान
साथमा छन् देशप्रेमीहरु समस्याको हुन्छ समाधान
कुटिल कमजोर पाखा लाग्छन् गर्न देउ तानातान
खुट्टा तान्ने भेटिए सम्झिनु यही हो सफलताको लक्ष्ण
जन्मदिनको शुभकामना तिमीलाई हे सज्जन !

शब्दः राजु विके

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg