तिलोत्तमामा मोटरसाइकल वर्कशप र साइकल सेन्टर एउटै छानोमा उपलब्ध

191

पहिलोसन्देश, रुपन्देही, असार २०
तिलोत्तमा नगरपालिकामा नयाँ अवधारणाका साथ प्रोप्राइटर राहुल पन्थी/अजय कुँवरको निजी लगानीमा मोटरसाइकल ग्यारेज र साइकल सेन्टर सञ्चालनमा आएको छ ।

नगरबासीहरुलाई व्यवसायिक सेवामा सहज पहुँच रहनेगरि हाम्रो रेसुङ्गा मोटरसाइकल वर्कशप र रेसुङ्गा साइकल सेन्टर यही असार १६ गते शंकरनगर २ मा शुभारम्भ भएको हो ।
हरेक कम्पनीका मोटरसाइकल मरमत गर्नुका साथै स्पेयर पार्ट्स पनि सुपथ मूल्यमा उपलब्ध हुने व्यवसाय सञ्चालक पन्थीले बताए ।


पन्थीले दिएको जानकारी अनुसार पुराना मोटरसाइकल तथा स्कूटी पनि उचित मूल्यमा किनबेच गरिने छ ।
त्यसैगरी एउटै छानोबाट इन्डियन नीलम ब्राण्डका बच्चा, लेडी लगायत स्पोर्ट्स रेन्जर र हैवी ड्युटी साइकलहरु उपलब्ध हुनुका साथै मरमत पनि गरिने बताइएको छ ।

शुभारम्भको अवसरमा ग्रान्ड अफर अन्तर्गत असार महिनाभरी मोटरसाइकल सर्विस चार्जमा ५०% छुट र नीलम साइकल होलसेलमा उपलब्ध भइरहेको हुनाले आवश्यक भएका इच्छुकहरुले समयमा लाभ लिन पाउने छन् ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg