शेर बहादुर देउवा यस कारण प्रधान मन्त्री बन्न सक्दैनन्

35

राजु विके, रुपन्देही, असार ३० गते ।

असार २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्रधानमन्त्री नियुक्त गरीसकेकी छिन् । अब नव नियुक्त प्रम देउवाले पनि विश्वासको मत ल्याउनुपर्ने हुन्छ । के उनीसँग पर्याप्त समर्थन छ ? उत्तर हो छैन । केही दिन अघिसम्म देउवा गठबन्धन राम्रो स्थितिमा देखिन्थ्यो ।

उनको सरकार बनाउन विपक्षी दलले सुप्रिम कोर्टमा जुन याचिका पेश गरेको थियो त्यसमा कुल १४६ सांसदहरुले हस्ताक्षर गरेका थिए । जसमध्ये ६१ नेका, ४९ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको, २३ माधव कुमार नेपाल गुटको, १२ उपेन्द्र यावद÷बाबुराम भट्टराईको जनता समाजवादी पार्टीको र १ राष्ट्रिय जनमोर्चा नेपालका सांसद थिए । कुल मिलाएर हुन्छ १४६ । परन्तु सुप्रिम कोर्टको फैसला आउनुभन्दा केही घण्टा अघि नै खेल बदलियो ।

विपक्षी दललाई माधव कुमार नेपालको गुटले ठुलो झट्का दियो ।
माधव कुमार नेपाल ओलीकै युएमएल पार्टीको हिस्सा थिए । ओलीसँग विवाद बढेर मनमुटावले जन्म लिएपछि माधव कुमार नेपालको नेतृत्वमा २३ नेताहरु अलग भएका थिए । उनीहरुले आफ्नो छुट्टै गुट बनाएका थिए ।

माधव नेपालवाला गुट ओली विरुद्ध गठित विपक्षी गठबन्धनको हिस्सा बन्यो । माधव नेपालले पनि शेर बहादुर देउवाको नेतृत्वमा बन्ने सरकारको समर्थन गर्दै आएको थिए । विपक्षी दलले यस सम्बन्धमा सुप्रिम कोर्टमा जुन याचिका प्रस्तुत गर्याे त्यसमा पनि माधम नेपालको गुट सामेल थियो । तर ओलीले माधव नेपालको गुटलाई कुनै उपायद्वारा आफुसँग ल्याउन चाहेका थिए किन कि उनलाई पूर्वानुमान भइसकेको थियो कि सुप्रिम कोर्टले उनी विरुद्ध फैसला सुनाउन सक्छ । यसो भएमा देउवालाई सरकार बनाउने निमन्त्रण प्राप्त हुन्थ्यो । ओलीको चाहना थियो कि देउवाको खेमामा कुनै उपायले सुराकी गरेर उनको प्रम बन्ने मार्ग बन्द गर्न सकियोस् । त्यस कारणले ओलीले २३ सांसदवाला माधव नेपाललाई बातचित गर्न भनी निम्ता पठाए । दुबै गुटको तर्फबाट बातचित हेतु १० सदस्यीय टास्क फोर्स गठन गरियो । ११ जुलाईको रात्रिकालमा दुबैबिच सम्झौता भएकै आधारमा माधव नेपालले ओलीसँगको विवाद टुङ्गिएको बयान दिन थाले । नेपालले आफ्नै पार्टीमा फिर्ता भएको सन्देश सार्वजनिक गरे ।

विगतका दिनमा विपक्षी दलसँग गरिएको गठबन्धनमा आफु नरहेको बताउन थालेका छन् नेपाल । माधव गुटका प्रवक्ता रघुनाथ पन्तले मिडियालाई आफुहरुबिच रहँदै आएको मतभेद अन्त्य भएको बताए । पन्तले आफ्नै मूल पार्टीमा फर्केको जानकारी दिदै भने अब हामीले देउवाको विपक्ष गठबन्धनलाई समर्थन दिदैनौं । माधव नेपालको गुटलाई विदाइ गरेपछि देउवाको गठबन्धन अल्पमतमा छ । देउवाले अब १ महिना भित्रै सांसदहरुको विश्वासमत हासिल गर्नुपर्ने छ । माधव नेपाल गुटको समर्थबिना देउवाले विश्वासको मत प्राप्त गर्ने कार्य एक ठुलो चुनौती हुनेवाला छ । यस्तो परिवेशमा ओली नै सरकारको नेतृत्वरुपी पर्दामा पुनः आउने सम्भावना प्रबल छ । सबैकुरा निकै असन्तुलित छ । हाल नेपालमा राजनीतिक स्थिरताको आश पुरा हुने देखिन्न । यस्तोमा भोलि के हुन्छ भन्नेबारे सटिक निर्क्यौल गर्न कठिन छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg