कलेजोको सफल प्रत्यारोपणपछि शाही घर फर्के

26

पहिलोसन्देश, रुपन्देही, असार ३१
चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सफलतापूर्वक भएको छ । जाजरकोट जिल्ला कुशे गाउँपालिका–९ का ४७ वर्षीय भरतविक्रम शाहीको कलेजका चिकित्सकले अठार घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको हो । कलेजद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कलेजका कार्यकारी निर्देशक प्रताप देवकोटाले शाहीलाई उहाँकी धर्मपत्नी कमलादेवीले ६० प्रतिशत कलेजो प्रदान गर्नुभएको जानकारी दिनु भयो ।

अस्पतालका विशेषज्ञ चिकित्सक सर्जन डा. सञ्जयकुमार यादव, डा. एकानन्द सिंह, डा. जयन्तकुमार शाह, हेपाटोलोजिस्ट डा. सागर पौडेल, डा. वरुण श्रेष्ठ, एनेस्थेसिया डा. किरण अधिकारी, डा. नवीन यादव, डा. सुरेश गौतम, डा. वीरेन्द्र राउत, रेडियोलोजिस्ट डा. दीपक अधिकारी, डा. सुवास ओझासहितको टोली प्रत्यारोपणमा सहभागी भएका थिए । प्रत्यारोपणमा भारतको एपोलो अस्पतालका विशेषज्ञ चिकित्सकको सहभागिता समेत रहेको थियो । कार्यकारी निर्देशक देवकोटाका अनुसार Cirrhosis of Liver को stage ‘C’ मा पुगेका बिरामीलाई कलेजो प्रत्यारोपण गरिएको हो । काठमाडौँमा कलेजोको जाँच तथा उपचार गराउँदै आएका शाही दुई साताअघि मात्रै चितवन मेडिकल कलेजमा भर्ना भएका थिए।

शाहीलाई प्रत्यारोपण नगराएको भए जीवन रक्षाको सम्भावना सकिन्थ्यो निर्देशक देवकोटाले बताए । शाहीका पेटमा पानी भरिएको र ठूलो भएको थियो । उहाँले भन्नुभयो “अल्कोहलका कारण कलेजो बिग्रिएको त थियो नै, हेपाटाइटिस ‘बि’ पनि बिरामीमा थियो ।” कलेजो दान गर्ने कमलादेवीको स्वास्थ्यमा सुधारपछि उहाँलाई यही असार २७ गते नै अस्पतालबाट घर पठाइएको छ । शाहीको स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको चिकित्सक देवकोटाको भनाइ छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg