गैरआवासीय नेपाली संघ चिनको निर्वाचन

95

बेइजिङ्ग, चिन, साउन १५

गैरआवासीय नेपाली संघ चिन बेलावखत चर्चामा आईरहन्छ । अक्सर नेपालमा जाने दैवी प्रकोप बाढी, पहिरो, भूकम्पबाट नेपाल र नेपालीमा समस्या पर्दा छिटो छरितो सहयोग पुर्याउने एनसीसीमा पहिलो दर्जामै पर्दै आएकोछ । अहिलेको चर्चा भने चिनमा हुन लागेको निर्वाचनको कारणले आएको हो ।

अन्य देशको तुलनामा अत्यन्त न्यून संख्यामा रहेका यहाँका नेपालीहरुलाई निर्वाचनले विभाजन गरेको देखिन्छ । जम्मा १७५ सदस्य संख्या रहेको हालको निर्वाचनमा अध्यक्ष देखि साधारण सदस्यसम्म निर्वाचन हुने पक्का भएको छ । यस पटकको निर्वाचनमा एक खेमा कार्यसमितिमा रहेका अनुभवी साथीहरु आफ्नो योग्यता र क्षमता अनुसार माथि उक्लिने, संस्थामा निस्वार्थ रुचि राख्ने योग्य साथीहरुलाई भित्राउने र क्षेत्रसंग पनि समन्वय गरी सहकार्यमा अगाडि बढ्ने बाचा सहित अगाडि बढेको देखिन्छ भने अर्को समूह क्षेत्रलाई लोभ देखाएर लाभको राजनीतिमा अग्रसर देखिन्छ ।

यो समूहमा पुराना कार्यसमितिका कोही पनि आफ्नो समूहमा आउने नदेखिएपछि निर्विरोध उम्मेदवारलाई समेत आफ्नो समूहबाट निर्विरोध निर्वाचित भएको भनि प्रचार गर्दै क्षेत्रका केही साथीहरुलाई भड्काएर आफ्नो समूहमा आउनकालागि सहयोगको बाचा गर्ने तर क्षेत्र बाहिरका मतदातासंग भने भित्रीरुपमा अध्यक्ष र महासचिवमा मात्र सहयोगकोलागि अपिल गर्ने गरेकाछन् । यो समूहले पहिले पनि हालको कार्यसमितिलाई असफल बनाई संरक्षक मण्डल समक्ष पुर्याएर आफुखुसी चलाउने दुश्प्रयास समेत गरेको हो । अहिले पनि सुरुबाटै निर्वाचन समितिलाई विवादमा तानेर निर्वाचन पर्यवेक्षकको संरक्षण आफूलाई रहेकोले निर्वाचन आफुले चाहे अनुसार गराउन दबाब दिइरहेकाछन् ।

अहिले विकसित एनआरएन चिनको निर्वाचनको बारेमा हाल नेपालमा रहेका एनआरएन चीनका एकजना सल्लाहकार भन्नुहुन्छ यसलाई के एनआरएनको निर्वाचन भन्ने । विगत दुई वर्ष देखि नेपालमै बसेर अध्यक्ष पदमा नेपालबाटै उम्मेद्वारी दिने पनि कहिँ एनआरएनको निर्वाचन हुन्छ? कमसेकम अध्यक्ष र महासचिव त नेपालमा बसेर एनआरएन चिनको निर्वाचन लड्न भएन नि । आखिर यस्तो निर्वाचन दुई दुई वर्षमा आई नै रहन्छ । त्यसैले संस्थाको हितमा सोच्ने हो भने नैतिकताले पनि अध्यक्ष र महासचिव चाँही चीनमै रहेर निर्वाचन लड्नु पर्ने हो । तर यहाँ संस्थाको हित र आफ्नो नैतिकताको होइन पदको लोभ देखियो । यस्तै ब्यक्ति र प्रवित्तिले गर्दा संस्था पहिले पनि दुई पटक दुर्घटनामा परिसकेको छ र पुनः त्यही दिशामा जाने जोखिम देखिन्छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg