सुविधायुक्त गाडी रिजर्वका लागि चाहिएको छ भने यता जोडिनुहोस्

64

पहिलोसन्देश, श्रावण २५, रुपन्देही ।

कतै गाडी नपाएर तपाईको आफ्नो महत्वपूर्ण यात्रा तथा कार्यक्रमलाई तपाई गुमाउँदै त हुनुहुन्न ? अब ढुक्क हुनुहोस्, तपाईले गाडीको अभावमा कुनै पनि कार्यक्रम वा महत्वपूर्ण बिजिनेस मिटिङ्ग गुमाउन पर्दैन किन कि छोटो तथा लामो दुरीको यात्रा वा टुर प्रयोजनका लागि आरामदायी एवं सुविधायुक्त वाहन उपलब्ध हुने भएको छ ।

बराल ब्रदर यात्रा सेवाले आठ जना अटाउने स्कर्पियो यातायात साधन उपलब्ध गराउने भएपछि आफ्नो गन्तव्यसम्म सुरक्षित पुग्न, अध्ययन अवलोकन गर्न, सेमिनार, महाधिवेशन आदिमा सहभागी हुन, राष्ट्रिय निकुञ्ज, सांस्कृतिक विश्व सम्पदा, धार्मिक स्थलहरुको आनन्द लिन यातायातको साधन रिजर्व गर्नुपरेमा सबैका लागि गाडी उपलब्ध हुने भएको हो ।

वाहनका धनी आनन्द कुमार बराल मगरले दिएको जानकारी अनुसार सडक विस्तार भएको देशको जुनसुकै ठाउँमा जान परेमा गाडी रिजर्व गरेर जान सकिने छ । लामो समयदेखि गाडी चलाउँदै आएका निकै अनुभवी चालकले सुरक्षासाथ गन्तव्यसम्म पुर्याउने जिम्मेदारी लिएपछि आशंका उपशंका गरी डराउन नपर्ने, ढुक्कसाथ यात्रा गर्न सकिने बताउँछन् बराल मगर । एसी सुविधायुक्त स्कर्पियो गाडी सस्तो सुलभ भाडा दरमा रिजर्व गर्न मिल्ने भएकाले उक्त गाडीबाट लाभान्वित बन्न चाहनेले गाडी रिजर्व गर्नका लागि मोबाइल न. ९८०८५२१०३९, ९८४६३८१६१५, ९८५१००२७०९ र ९८०९४३२६१६ मा जतिबेला पनि सम्पर्क गर्न सक्ने छन् ।

आउने दिनहरुमा सम्बन्धित निकायमा होटल दर्ता गरी स्वदेशी तथा विदेशी पर्यंटकका लागि पर्यटन उद्योगसमेत सञ्चालन गर्ने बराल मगरले बताए । उक्त बराल ब्रदर यात्रा सेवा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–४ डिङ्गरनगरबाट बराल मगरको एकल स्वामित्वमा सञ्चालन भइरहेको स्रोतले खुलाएको छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg