लुम्बिनी बाणिज्य क्याम्पसमा गरिएको तोडफोड निन्दनीय , दोषी उपर कडा कारबाहीको माग

62

पहिलोसन्देश, रुपन्देही, साउन २७ गते ।
विवेकशील साझा पार्टी (विसापा) रुपन्देहीले अराजकता विरुद्ध सरकार लाग्नुपर्ने भन्दै विज्ञप्ति निकालेको छ । रुपन्देही जिल्ला देवीनगर स्थित लुम्बिनी बाणिज्य क्याम्पसमा विद्यार्थीहरुले गलत तरिका अवलम्बन गरेर आफ्ना जायज अधिकारहरु सुनिश्चित गर्न खोज्नु उचित कदम हुँदै होइन भन्दै पार्टीले विज्ञप्ति निकालेको हो । आन्दोलनका नाममा संयुक्त विज्ञप्तिमा बिद्यार्थी संगठनद्वारा भएको तोडफोड तथा अराजक शैलीप्रति विवेकशील साझा पार्टीले निन्दा व्यक्त गर्दछ भनिएको छ ।

अधिकार माग्ने नाममा गरिने अराजक गतिविधिप्रति विवेकशील साझा पार्टी खेद प्रकट गर्दै आगामी दिनमा यस्ता क्रियाकलाप नदोहोर्‍याउन तथा शैक्षिक क्षेत्रमा राजनीतिक गतिविधि बन्द गर्नुका साथै शैक्षिक संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गर्न समेत विसापाले जोडदार माग गरेको छ ।

विज्ञप्ति मार्फत उक्त घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कडा कारबाही गर्दै उचित क्षतिपूर्ति संम्बन्धित पक्षबाट असुल गराउन प्रशासनसङ्ग आग्रह गरिएको छ ।

विसापा रुपन्देहीका संयोजक किरण शर्मा पाण्डेद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा पटक–पटक आन्दोलनका नाममा शैक्षिक क्षेत्रमा गरिने यस्ता अराजक गतिविधिको जतिसुकै निन्दा गर्दा पनि कम हुने भनिएको छ । विद्यार्थीहरु बडा–बडा सृजनशील निर्माण कार्यका प्रमुख घटक तत्व भएकाले यस्ता विध्वंशक क्रियाकलापमा योगदान दिनु शोभनीय नभएको स्रोतले बताएको छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg