कुलमानको नियुक्ति सारा नेपालीको चाहना, डा. केसी र प्रेम सन्जाल पनि नियुक्ति योग्य

54

जनताले चाहेमा सरकार मात्र होइन देशको प्रशासन, सिस्टम र माहोललाइ नै बदल्न सक्छ । त्यसैले भनिन्छ जनता जनार्दन। जनताको अधिकार र तागत मानिएको भोट मात्र होइन जनताको रोजाइको पनि महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। जनताकै चाहनमा राणा शासन, पन्चायत, राजतन्त्र सबै स्वाहा भएका ज्वलन्त उदाहरण हाम्रो इतिहासले बताउँछ।

लामो समयदेखि घाटामा गैरहेको नेपाल बिद्युत प्राधिकरणको प्रमुखमा नियुक्ति भएका नेपाल आमाका एक सच्चा र इमान्दार छोरा कुलमान घिसिङ्गले सदियौंदेखि हुँदै आइरहेको घिनलाग्दो दलालीको फोहोरी खेललाई समाप्त गरेर अर्बाैको घाटामा गएको संस्थालाई नाफामा पुर्याएर १८/२० घन्टासम्म लोडसेडिङ्गको चरम भ्रष्टचारलाई सही ट्र्याकमा ल्याएर सारा नेपालीको प्यारो भएकै कारण पुनः नियुक्ति हुँदा अब भैरहेको अनियमितता र घाटालाई समेत सही ट्र्याकमा ल्याउन जोखिमपूर्ण चुनौती हुनेछ। सारा नेपालीले आशा मात्र होइन बिश्वास गरेका छन् कि यि तमाम चुनौती कुलमान घिसिङ्गले पक्कै पुरा गरेर आफुलाई नेपाल आमाको एक सच्चा पुत्र साबित गर्ने छन्।हामी सबै नेपालीको शुभकामना।

मानब एक मरणशील प्राणी हो। यस धर्तीमा जन्म लिएपछि ढिलो चाडो सबैले यो सन्सार त्याग्नुपर्छ । यो ध्रुब सत्य हो तर पनि अज्ञानताको कारण मानव जातिमा घमण्ड, दम्भ, अहमता बोकेर अरुको कुभलो गर्न, गराउन, भ्रष्टचार गर्न गराउन, अनैतिक, असंवैधानिक, अप्राकृतिक तरिकाबाट पैसा कमाउन र शासन र सत्ता हासिल गर्न आफ्नो बल बुद्धि, र पैसा खर्चिरहेका हुन्छन्।यो सब केका लागि र किन? भन्ने कुरा आध्यात्मिक ज्ञानको अभावले गर्दा मानबजातिले बुजझिरहेको हुदैन।

त्यसैले पद, सत्ता, पहुँच र पावरमा भएका मान्छेहरु यस्ता कुकार्यमा सम्लग्न भएका हुन्छन्। यस्ता कपुतरुलाई तह लगाउन एक असल र देशप्रेमी ब्यक्तित्व जरुरी हुने गर्दछ। फलस्वरुप देशले उचित निकास पाउँछ। नेपाल सरकारले जसरी आंट गरेर कुलमान घिसिङ्गलाई पुनः बिद्युत प्राधिकरणको प्रमुखमा नियुक्ति गर्यो त्यसैगरि स्वास्थ्य प्रमुखमा डाक्टर गोविन्द केसीलाई नियुक्ति गरि स्वास्थ्य सेवाको पहुच सर्बसाधारणसम्म पुर्याइ मेडिकल जगतमा भैरहेको मेडिकल माफियाको अनियमितता माथि अन्कुस लगाउन डा. केसीलाई स्वास्थ्य बिभागको प्रमुखमा नियुक्ति गर्नको लागि सम्पूर्ण नेपालीको जोरदार माग रहेको छ भने अख्तियार प्रमुखमा एक इमान्दार सपुत प्रेम सन्जाललाई नियुक्ति गर्नेगरि देशमा भैरहेका बिभिन्न भ्रष्टचारी माफिया डन हरुलाई राजहांसले दूधबाट पानी निकाले झै निकाल्ने सोच राखेका प्रेम सन्जाललाई नियुक्ति, अनिमियतामा सम्लग्न सम्पूर्णलाई आजीवन जेल हाल्न सजिलो हुने थियो।

हुन त सतीले सरापेको देश भनेर अलाप्दै आएका हामी इमान्दार र असल ब्यक्तित्वलाई बिरलै चिन्ने गर्छाैं। नत्र पुरै सर्बिसको दौरानमा कुनै दाग नलागेको र सिनियरिटिमा परेका रमेश पोखरेलले प्रमोसनकै कारण प्रीमेचर राजिनामा दिनुपर्ने थिएन। यहाँ त टाउको छिनाएर जेल बसेका, ढुङ्गा हानेर कलेज संस्था तोडेका, चिट चोरेर रेस्टिकेट भएका, हजारौलाई गोली ठोकेर हत्या गरेका चोर, डाका, फटाहा, हत्याराहरुले कानुन बनाएर चलाएको देश न हो। समय बदलिन्छ, स्वभाव बदलिन्छ, सस्कार परिबर्तन हुन्छ भने मानव परिबर्तन हुनु प्राकृतिक गुण मानिन्छ। हो हाम्रा नेता, कर्मचारी, प्रशासन पनि बदलियो भने सिस्टम बदलिन्छ सिस्टम बदलियो भने देशको ढाचा नै बदलिन्छ।देशको ढाचा बदलियो भने देश बिकास हुन्छ देश विकास भयो भने मात्र समृद्ध नेपाल र सुखी नेपाली भन्ने हाम्रो नारा बास्तबिक्तामा परिणत हुन्छ र हामी सम्पूर्ण नेपालीको चाहना पनि यहि हो र यो चाहना सिघ्र पुरा हुनेछ।

अतः नेपाल सरकारले डा. गोबिन्द केसीलाई स्वास्थ्य प्रमुखमा र प्रेम सन्जाललाई अख्तियार प्रमुखमा नियुक्ति गरि देशको सिस्टमलाई सहज गर्न पहल गरोस्। सही समयको सही निर्णयले पक्कै पनि चमत्कारिक काम गर्ने छ। नेपाल र सम्पूर्ण नेपालीको जय होस्। समृद्ध नेपाल र सुखी नेपाल हुने दिन छिट्टै आओस्।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg