बिद्यार्थीको स्वास्थ्यमाथी कलेजद्वारा खेलवाड

153

कोरोनाका कारण बैशाख देखि भएको लकडाउनका कारण शैक्षिक संस्थाहरु अहिलेसम्म पनि खुल्न सकेका छैनन् l अहिले पुन कोराना संक्रमण बढी रहेको अवस्थामा Devdaha college of science and technology, शन्तिकुंज, तिलोत्तमाले साउन १२, २०७८, देखि विधार्थीहरूलाई ज़बरजस्ती कलेज आउन बाध्य गरेको छ। कलेज खोलनुको कारण चाहि शिक्षकहरूलाई अनलाइन क्लासको तलब पुरा नदिएको तर विधार्थीहरूले चाहि पूरा कलेज शुल्क अग्रिम बुझाएको र तेस्को लागी विधार्थीहरू लाई ज्यान जोखिममा राखेर कलेज आउन बाध्य गरेको छ। कलेज आउन त भै हाल्यो अझ विधार्थीहरूको बुवाआमा को अनुमति सहितको consent जसमा कोरोना अथवा क़ेहि कारणले विधार्थीहरूको ज्यान गएमा अथवा जोखिम परेमा कलेजको ज़िम्मेवारी छैन, बुवाआमा र विधार्थी स्वयम् ज़िम्मेवारी हुनेछन् भनी उल्लेखित consent हस्ताक्षर गराउन लगाएका छन्। विधार्थीका बुवाआमाहरू पनी कलेजको दादागिरीबाट बाध्य भएर विधार्थीहरूलाई कलेज पठाएका छन्। एकातीर T. U को फ़िज़िकल परीक्षाको विवाद भैरहेको छ भने देवदह कलेजले चाहि विधार्थी र उनका बुवाआमालाई यस्तो अत्याचार गरि रहेको छ। के ज्यान भन्दा भविष्य ठुलो हो? ज्यानै नरहे भविष्य के काम लग्यो र!
त्यहाँ अध्यनरत बिद्यार्थी र अभिभावक चिन्तन बनेका छन l

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg