जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

27

बर्दिया ।
बर्दियामा बलात्कारका घटनाहरु बढ्दै गएको छ । कहिले ११ वर्षिया बालिकालाई अपरहण गरेर बलात्कार गरिन्छ भने कहिले १३ वर्षिय बालक बलात्कारको आरोपमा पक्राउ पर्छ । २ वर्ष ८ महिना अघि पनि ११ वर्षिया बालिकालाई सामूहिक बलात्कार गरिएको थियो । बलात्कार पछि बलात्कृत पीडिताको हत्यासमेत गरेको इतिहास बोकेको बर्दियामा फेरि अर्काे बलात्कारको घटना बाहिरिएको छ ।

२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-६ बस्ने २८ वर्षीय शंकर सुनारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सुनारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg