हाइटीमा गयो शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या ३ सय नाघ्यो

42

हाइटीमा गएको शक्तिशाली भूकम्पमा तीन सय बढीको ज्यान गएको छ । हालसम्‍म ३०४ जनाको ज्‍यान गएको पुष्‍टि भएक‍ो छ भने १८ सयभन्‍दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।

स्थानीयसमयअनुसार शनिबार बिहान ८:३० बजे हाइटीको पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण सर्वसाधारणका घरसहित व्यापारिक भवन, चर्च तथा होटलहरू भत्किएको समाचारमा उल्‍लेख छ। हाइटीका प्रधानमन्त्रीले भूकम्पका कारण गम्भीर क्षति भएको बताउँदै एक महिनाका लागि राष्ट्रिय आपतकाल घोषणा गरेका छन् ।

हाइटीमा सन २०१० मा पनि शक्‍तिशाली भूकम्प गएको थियो । जसमा लाखौँले ज्यान गुमाएका थिए । २०१० को भूकम्पले क्षति पुर्‍याएको हाइटीमा पुनर्निमार्णको कामसमेत पूरा नहुँदै पुन: शक्तिशाली भूकम्प गएको हो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg